पर्सा- वीरगञ्जबाट युवाहरुको एक समुहले भारतको प्रसिद्ध धार्मीक स्थल केदारनाथ दर्शनका लागि आज प्रस्थान गरेका छन् । महानगरपालिकाको वडा नम्बर २५ निवासी श्याम बिनय साह कानुको नेतृत्वको आज ७ जना टोली केदारनाथ दर्शनका लागि प्रस्थान गरेको हो।
शुक्रबार बिहान नेकपा एमालेका सांसद प्रभु हजराले उनीहरुलाई शंकराचार्यद्वारस्थित बिदाई गरेका छन् । नेपालको झण्डा तथा खाँदा ओढाएर सांसद हजराले उनीहरुको बिदाई गरेका थिए ।
बिदाई गर्दै सांसद हजराले टोलीलाई सफल यात्राको शुभकामना व्यक्त गरे । उनले भने, ‘राम्रोसँग दर्शन गर्नुस् । तपाइहरु सबैले चाहेको मनोकामना पूरा होस्, र सबै जना सकुशल घर फर्किनु भने उनले कामना समेत गरेका थिए ।
यात्रामा श्याम बिनय साह, ओमप्रकाश पटेल, अरुण तिवारी, राजा बाबु कुशवाहा, राधेश्याम साह, आदित्य गिरि र अरुण छन् ।
टोलीले भारतको धार्मिक स्थलहरुमा एक हप्ता भ्रमण गर्ने कार्यतालिका रहेको जनाएको छ ।
प्रतिक्रिया