बीरगंज महानगरपालिका वडा नम्बर २४ मा रहेको श्री राम जानकी आधारभूत बिधालयमा योग्यता र उमेर नपुग्दै दुई जना बालविकास शिक्षिकामा नियुक्ति गरेको अखिल क्रान्तिकारी विद्यार्थी युनियन पर्साका अध्यक्ष कविराज पटेलले जानकारी दिएका छन्।
उनले बताए अनुसार उक्त बिधालयमा कार्यरत एक जना बबली कुमारीले १५ वर्षमै नियुक्ति लिएर पढाउदै आएकी र रिकु कुमारीले बिना नियुक्ति पत्रले बिधालयमा पढाउने काम गदै आइरहेकोमा अख्तियारमा उजुरी परेको भए पनि अहिले मौन रहेको उनले बताएका छन्।
बबली कुमारीले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सबैलाई भ्रमित पार्ने काम भएको छ। तत्कालीन बगही गाविस वडा नम्बर ६ परिवर्तित बीरगंज महानगरपालिका वडा नम्बर २८ बस्ने वर्ष १५ का बबली कुमारीलाई नेपाल रेल्वे माध्यमिक बिधालयले मिति २०६५ असार १३ गते बालविकास शिक्षिकाको रुपमा पठनपाठन गराउन नियुक्तिपत्र दिएको क्रान्तिकारी विद्यार्थी युनियनका अध्यक्ष पटेलले बताएका छन् ।उनले बताए अनुसार अर्को अचम्मको कुरा जिल्ला प्रशासन कार्यालय पर्सा बाट मिति २०६८ भदौ २३ गते नेपाली नागरिकता प्राप्त गरेकी छिन् ।उनले प्राप्त गरेको नागरिकतामा उल्लेख गरिएको जन्म मिति २०५० पुस २६ गते रहेको छ ।उनले नागरिकताको आधारमा नियुक्तिपत्र पाउने हो भने बबली कुमारीको उमेर १५ वर्ष मात्रै पुगेको देखिन्छ । भने अर्कोतिर उनले पेस गरेको शैक्षिक प्रमाणपत्र पनि भारतीय नक्कली भएको खुल्न आएको विद्यार्थी नेता पटेल बताएका हुन।
उनले उमेर नपुग्दै नियुक्तिपत्र र शैक्षिकप्रमाणपत्र नक्कली छ भनेर बीरगंज महानगरपालिकाको शैक्षिक महाशाखा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबली कुमारीको यथार्थ शैक्षिक विवरणहरु पठाउन भनेर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा पत्र पठाए पछि महाशाखाले फेरि श्री राम जानकी आधारभूत बिधालयलाई पत्र काटेर तुरुन्त बबली कुमारीको यथार्थ अर्थात सत्य तथ्य विवरण पठाउन भनेर बिधालयको नाममा पत्र काटेर दिएको भए पनि प्रअ प्रभु जैसवाललाई जवाफ माग गरिएकोमा बिधालयका प्रअ जैसवालले कुनै जानकारी दिन नसकेको अध्यक्ष पटेलले बताएका हुन।
हामीले सर्वदलीय बैठकले बबली कुमारी र रिकु कुमारीको तलबभत्ता रोक्न र सरुवा नगराई जुन ठाउँमा कार्यरत छन् सोही ठाउँमा रहन दिन भनेर सर्वसम्मतिले गरेको निर्णयलाई समेत बेवास्ता गरि मिति २०८१–४–३ गते शिक्षा महाशाखाले श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय सौराहा अठाराहा (१८) मा सरुवा गरिएको छ यसरी सो बिधालयमा अध्यापन गरिरहेका विद्यार्थीहरुको गुणस्तरीय शिक्षा कहाँबाट हुन सक्छ जबकि यहाँ बिबिएस र एमबिए गरेका विद्यार्थीहरु सडकमा घुमिरहेका छन् ।अनि हामी सामुदायिक बिधालयको शैक्षिक गुणस्तरीय खसेको कुरा गछौ अन्तमा बिधालयले नतिजा राम्रो ल्याउन सकेन भनेर ठूलाठूला कुरा गर्ने अब यो पाराले भएन सुधार गर्नुपर्छ भनेर यसो गफ लगाउने काम हुन्छ तर हुने केही होइन उतातिर बबली कुमारीले अख्तियारमा मेरो मान्छे छ मलाई कसैले केही गर्न सक्दैनन् भनेर धक्कु लगाउदै हिड्ने गरेको छ तर उनले जसरी कुरा गरिरहदा अख्तियारले कुनै किसिमको कारवही नर्दा त्यहाँ ठूलै पावर वा आर्थिक चलखेल भएको हुन सक्ने अनुमान गरिएको विद्यार्थी नेता कविराज पटेलले बताएका छन् ।
उनले भने कसको पावरमा अहिलेसम्म बबली कुमारीलाई हटाउन सकेन हामीलाई आचार्य लागेको छ भनेर बताए । उनले बताए अनुसार सोही बिधालयमा अर्का शिक्षिका रिकुकुमारी पनि नियुक्तिपत्र बिना नै बिधालयमा कार्यरत छिन् । बालविकास सहयोगी शिक्षिकाको रुपमा कार्यरत रिकुकुमारीलाई श्री रामजानकी प्राविमा रमाना गरेको पत्रअनुसार हाजिर गराउन बिधालय ब्यवस्थापन समितिको सर्वसम्मतिले निर्णय गरेको भनेर उल्लेख गरिएको बेहोराको पत्रमा जिल्ला शिक्षा कार्यालय बाट दिएको नियुक्तिपत्रको कुनै प्रमाण भेटिएको छैन।
बिधालयको लेटर प्याडमा बिधालय ब्यवस्थापन समितिको बैठकको मिति र जिल्ला शिक्षा कार्यालयले पठाएको भनी उल्लेख गरिएको चलानी नम्बर पनि केरमेट गरि लेखिएको र जिल्ला शिक्षा अधिकारीलाई सम्बोधन गरि लेखिएको लेटर प्याडमा बिधालय ब्यवस्थापन समितिको मिति २०६८–५–१० उल्लेख गरिएको ठाउँमा ५ गतेलाई ८ गते बनाएको छ। भने अर्कोतिर जिल्ला शिक्षा कार्यालय पर्साको चलानी नम्बर ४० लेखिएको ठाउँमा पनि केरमेट गरेर ५५ लेखिएको छ।
राजनीतिक पहुँचका कारण यो बिषय धेरै लुकाएर राख्ने काम भए पनि अनन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि यो घटना बाहिर सार्वजनिक भएको हो। अहिलेसम्म नत अख्तियारले कारवही गरेको छ नत बीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले अब अख्तियार र महानगरपालिकाको शिक्षा महाशाखाले कारवही नगरे अखिल क्रान्तिकारी विद्यार्थी युनियन पर्सा कडा एक्सनमा उत्रिने तयारी रहेको अध्यक्ष कविराज पटेलले बताएका छन् ।
उनले भने अख्तियार अहिलेसम्म किन मौन छ यहाँ आर्थिक चलखेल भएको हुन सक्ने आसंका गरिएको होइन भने अहिलेसम्म किन मौन भनेर बसेको छ हामी विद्यार्थी युनियन अख्तियारको समेत भन्डाफोर गर्न बाध्य हुनेछौ भनेर अध्यक्ष पटेलले बताएका छन् ।
व्बनबत
प्रतिक्रिया