वीरगन्ज- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने पक्राउको विरोधमा वीरगन्जमा विरोध प्रदर्शन भएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि ९रास्वपा० कार्यकर्ताहरुले वीरगन्जमा विरोध प्रदर्शन गर्नुको साथै सरकारको शव यात्रा निकालेका छन् ।
रास्वपाका जिल्लाका नेता तथा कार्यकर्ताहरुले सभापति लामिछाने पक्राउको विरोध गर्दै ओली सरकारको शव यात्रा निकालिएको हो ।
‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यवद्धता, शान्तिपूर्ण ¥याली’ को ब्यानरसहित रास्वपा पर्साले आन्दोलन सुरु गरेको हो ।
रास्वपा पर्सा जिल्ला संयोजक हरि पन्तको नेतृत्वमा क्लासिक ब्याङ्क्वीट निकालिएको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गर्दै घण्टाघरमा आएर नाराबाजी गरिरहेको छ ।
रास्वपा पर्सा जिल्ला संयोजक पन्तले राजनीतिक प्रतिशोध साँधेर सरकारले अराजनीतिक कदम चालेको बताए ।
उनले पार्टी सभापतिलाई तत्काल बिना शर्त रिहा गर्नुपर्ने माग गरेका छन् । यद्यपी सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई रिहा नगरे आन्दोलनले उग्र रुप लिने रास्वपा पर्साको चेतावनी छ ।
रास्वपा पर्साका नेता तथा कार्यकर्ताहरु विभिन्न ब्यानरसहितको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।
प्रतिक्रिया