विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

आज नवरात्रको सातौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै

580


बडादसैँ अर्थात् शरद नवरात्रको सातौँ दिन आज नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो। तर नेपालमा तिथिमिति र चाडपर्व निर्धारण गर्ने पञ्चाङ्ग​ निर्णायक विकास समितिका अनुसार यो वर्ष नवरात्रमा चतुर्थी तिथि दुई दिन परेका कारण बुधबार षष्ठी तिथिमा गर्ने कर्म गर्न लागिएको हो।

पञ्चाङ्ग (पात्रो) का अनुसार बुधबार षष्ठी तिथि ३ घडी ५१ पला मात्र षष्ठी छ । अर्थात् बिहान ७ बजेर ३३ मिनेटपछि सप्तमी तिथि लाग्छ। सूर्योदय हुँदाको तिथि लिनुपर्ने मान्यताअनुरूप बुधबार षष्ठीकै कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले बताए।

नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ। त्यसैअनुरूप षष्ठी तिथिमा कात्यायनीको पूजा आराधना गरिन्छ। षष्ठी तिथिमा बेलको रुखनजिक गएर ‘बिल्व निमन्त्रण’ गर्ने विधि पनि छ। यो बेलको पत्र सप्तमी तिथिमा दशैँघरमा भित्र्याइने नवपत्रिका ९फूलपाती० मा समावेश गरिन्छ। मिथिला लगायतका श्रद्धालुले यो विधि मंगलबार नै गरिसकेका छन्। त्यसैले कतिपयले त बुधबार नै फूलपाती भित्र्याउँदैछन्।

पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्। 

यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो। सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ।

नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ। यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा चल्ने गर्दछ। यो समयमा देवीभागवत महापुराण र दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,56,प्रमुख समाचार,149,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,207,विचार,29,विज्ञान प्रविधि,26,विश्व,45,समाचार,215,स्थानीय समाचार,118,स्वास्थ्य,31,हाइलाइट,27,
ltr
item
ekrantikhabar: आज नवरात्रको सातौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै
आज नवरात्रको सातौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgzrPaEOaW5XtmhsAaCkQlnQrwr0e8Dk9t3ND9GESXlV_iW8J5plvc3EoudMGwbL_ckw5W9g3cfddER63TrBC5iMSq-4aXfDS65H2He9F1tXfT3smE8BfqOvU7R8eXki-jes8go37baYQ72IPy3gi2ppWlKQ7uAY-vA_-OyHnhwsa6HVg8POWdFOquZBj-o/s1600/images.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgzrPaEOaW5XtmhsAaCkQlnQrwr0e8Dk9t3ND9GESXlV_iW8J5plvc3EoudMGwbL_ckw5W9g3cfddER63TrBC5iMSq-4aXfDS65H2He9F1tXfT3smE8BfqOvU7R8eXki-jes8go37baYQ72IPy3gi2ppWlKQ7uAY-vA_-OyHnhwsa6HVg8POWdFOquZBj-o/s72-c/images.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/10/blog-post_78.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/10/blog-post_78.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content