काठमाडौं: बिपक्षी दलको बैठककाट उत्साहित बनेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेताहरुले सहकारी ठगी प्रकरण अघि बढाएर सभापति रबि लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्ने धम्की दिएका छन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीमा जोगाउने भन्दै बिपक्षी एकजुट हुन सहमत रहेको बताएपछि रास्वपाका नेताहरुले अव सहकारी ठगी फासफुस पारिन्छ भन्दै उत्साहित बनेर यस्तो धम्की दिएका हुन ।
बैठकमा सहभागी हुनुभएका रास्वपाका नेता एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने बताउनु भयो । आज नयाँ बानेश्वरमा बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले सभापति लामिछानेलाई पक्राउ गरे आफूहरूसहित सवै बिपक्षी एकजुट भएर त्यसको प्रतिवादमा उत्रिने घोषणा गर्नुभएको हो ।
सहकारी प्रकरणमा सघाउन सभापति लामिछाने आफै तयार रहेको श्रेष्ठको जिकिर छ । बिपक्षी दलको बैठकमा रास्वपाका सभापति लामिछानेसहित ६ जना नेता सहभागी हुनुभएको थियो । सो बैठकमा रास्वपाको एकसूत्रीय माग पक्राउ गर्न नहुने र सहकारी ठगी प्रकरणको अनुसन्धान रोकिनुपर्ने अडान थियो । बिपक्षी दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ पर्न सक्ने सूचना आफूले पाएको जानकारी गराउनु भएको थियो ।
यसअघि बिहीबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लामिछाने पक्राउ पर्नसक्ने संकेत गर्नुभएको थियो । सहकारी विशेष छानबिन समितिले सहकारीको रकम अपचलन गरेको ठहर गर्दै लामिछानेलाई कारवाही गर्न सिफारिस गरेको छ।
प्रतिक्रिया