बीरगन्ज- मधेश प्रदेश सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ भन्दा बढी दिने निर्णय गरेको छ । सरकारमा सहभागी सत्तारुढ दलहरुको संयुक्त बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
सत्तारुढ दलहरुको संयुक्त बैठकले सरकारको तर्फबाट प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा राहतस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिस सिंहले बताए । उनका अनुसार आज बसेको मन्त्रीहरुसहित सत्तारुढ दलको बैठकले केन्द्र सरकारलाई सहयोग गर्ने संयुक्तरुपमा यो निर्णय गरेको हो । बाढीपहिरोबाट देशमा व्यापक क्षति पुगेकोले केन्द्र सरकारलाई सहयोग गर्ने उद्देश्यले प्रदेश सरकारमा सहभागी दलहरुको बैठकबाट यस्तो निर्णय गरिएको मुख्यमन्त्री सिंह बताउँछन् ।
बैठकमा सत्तारुढ दलको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादव, एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, लोसपाका उपेन्द्र महतोसहित मन्त्रीहरु जनार्दन सिंह क्षेत्री, प्रमोद जैसवाल, रानी शर्मासहितका मन्त्रीहरुको सहभागीता थियो ।
प्रतिक्रिया