काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई इमानदारीका साथ कार्यान्वयन गर्न सरकारले चासो नदेखाएको बताएका छन् ।
माओवादी केन्द्र र नेसपा निकट शिक्षक संगठनबीच एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता, समावेशी र गणतन्त्र मन नपरेको बताए ।
उनले भने, ‘संविधान बनाउने बेलामा नै अहिले सरकारको नेतृत्वमा भएका साथीहरुले हामीलाई त यो समावेशी पनि मन परेको होइन । संघीयता मन परेको पनि होइन । अहिले नै गणतन्त्र पनि आइहालोस् भनेको पनि होइन । माओवादीले आँधीहुरी ल्यायो, बाध्य भइएर समर्थन गरियो भन्ने मान्छे अहिले प्रधानमन्त्री भए पनि अहिले उहाँको दिमागमा लागू गर्नेतिर त छैन । यसलाई के गरी भाँच्ने, के गरी विथोल्ने भन्ने हुने नै भयो । ’प्रचण्डले यो उपलब्धिका पक्षधरहरु एकजुट भएर सकारात्मक पहल गर्नुपर्ने बताए । उनले शिक्षकहरुको मागप्रति आफू सकारात्मक रहेको भन्दै विधेयक ल्याउने बेलामा सरकारले पहल नगरे र शिक्षकहरुको आन्दोलनमा आफ्नो साथ रहने बताए ।
प्रतिक्रिया