काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) को फ्रेमवर्कमा हस्ताक्षर गर्ने क्रममा सरकारले प्रयाप्त ध्यान पुराउन नसकेको बताएका छन् ।
चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै खनालले बीआरआईबारे पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले फ्रेमवर्कमा हस्ताक्षर गरेको बताएका हुन् ।
बीआरआई फ्रेमवकमा हस्ताक्षर गर्नैपर्ने भए पनि त्यसअघि सरकारले नाटक देखाएको खनालले टिप्पणी गरे । उनले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी पनि व्यक्त गरे ।
छिमेकी देशहरूसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाउन नसक्ने खनालले उल्लेख गरे । बीआरआई नेपालको हितमा रहेको दोहोर्याउँदै खनालले चीनबाट नेपालमा सडकमार्गबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेकाले पारवहनबारे सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्ने जिकिर गरे ।
सन् २०१७ मै बीआरआईको सैद्धान्तिक सम्झौतामा हस्ताक्षर गरेको नेपालले सात वर्षपछि गत बुधबार ९मंसिर १९ गते० सहकार्य फ्रेमवर्कमा हस्ताक्षर गरेको थियो ।
प्रतिक्रिया