काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) राजनीति गर्न नभई देश बनाउन बनेको पार्टी भएको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले देशमा सकारात्मक परिवर्तन ल्याउन एमाले पार्टी बनेको बताएका हुन्।
हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्धेश्य काँधमा बोकेर जन्भिएको पार्टी हो। यो राजनीति गर्न बनेको पार्टी होइन। यो देश बनाउन बनेको पार्टी हो। देशमा परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्याउन यो पार्टी बनेको हो उनले भने।
उनले नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले कामहरु गरिरहेको पनि बताए। कार्यकर्ताहरूलाई पनि परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए।
उनले नेपाली जनताले सजिलोसँग बाँच्न पाउनुपर्छ भन्नु नै एमालेको मुख्य एजेन्डा रहेको बताए।
गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्यो, खान लगाउन पाउनुपर्यो। मुख्य अधिकार त त्यो हो नि । बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्यो। बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्यो,ु उनले भने। सभार-न्युज एजेन्सी नेपाल
प्रतिक्रिया