काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने भएको छ ।
बुधबार बसेको अनेरास्ववियुको १२औं सचिवालय बैठकले आगामी चैतमा काठमाडौंमा महाधिवेशन आगामी चैतमा गर्ने निर्णय गरेको जनाएको हो । बैठकले केन्द्रीय कमिटीको बैठक आगामी माघ ६, ७ र ८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । यस्तै पुस २५ र २६ गते स्वबियू निर्वाचन तयारी कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया