पर्सा: पुस १४ गते पर्सामा हुने नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण सफल पार्न नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष आज दोस्रो दिन पनि छलफल कार्यलाई निरन्तरता दिएका छन ।
संबिधान सभाका सदस्य समेत रहेका उपाध्यक्ष यादवले संखुवा प्रसौनी गाँउपालिकाको श्रीपुर पाँचगावामा बिहान ११ः३० बजे हुने वृहत पार्टी प्रवेश कार्यक्रमबारे छलफल कार्यलाई निरन्तरता दिएका हुन । यादवले नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा लगायत स्थानिय नेता कार्यकर्ता संग छलफल गरि कार्यक्रम भव्य रुपमा सफल बनाउन आग्रह गरे । “प्रधानमन्त्री ओलीको भ्रमण सफल पार्न पुरै पर्सा जिल्ला कमिटी होमिएको छ, यसका साथै प्रदेश कमिटी पनि आफनै ढगंले तयारीमा जुटेको छ, निरन्तर छलफल र बैठक बस्दै छ ।
कम्तिमा २० हजार मान्छे उर्ताने योजना छ, त्यसै अनुरुप काम गर्दैछौ ”यादवले भने । संखुवा प्रसौनी गाँउपालिकाका पुर्व अध्यक्ष प्रदिप जयसवालको नेतृत्वमा हुने वृहत पार्टी प्रवेशको लागि प्रधानमन्त्री केपी ओली पर्सा आउने लागेका छन । पर्सा क्षेत्र नम्बर ३ मा हुने प्रधानमन्त्रीको भ्रमणलाई एतिहासिक बनाउन धुमधामका साथ तयारी थालिएको मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले बताए ।
प्रतिक्रिया