मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्पले क्षति पुर्याएको जानकारी भने छैन । बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको थियो । मंगलबार साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४।३ म्याग्निच्यूडको भूकम्प गएको थियो । मंगलबार नै दिउँसो १ बजेर २ मिनेटमा बझाङको रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
प्रतिक्रिया