विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

टाँगाले वीरगञ्ज सहरको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै

580


१३ पुस, वीरगञ्ज ।
 वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी ढङ्गले टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ । वीरगञ्जका मुख्य सडकमा टाँगा चलाउँदा एकातर्फ सवारी दुर्घटनामा पर्ने गरेका छन् । अर्कोतर्फ टाँगाका लागि प्रयोग गरिने घोडाको मलमूत्रको कारणले सडकमा दुर्गन्धसमेत फैलिने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टले जभाभावी ढङ्गले सडकमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताए ।

‘अत्यधिक सवारी चाप हुने घण्टाघरलगायतका स्थानमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ,’ उनले भने, ‘टाँगा चालकलाई बसपार्कदेखि रजतजयन्ती चोकदेखि मितेरीपुलसम्म चलाउन अनुरोध गर्दै आइरहेका छौँ । मुख्य सडकमा नै टाँगा चलाउँदा सवारी व्यवस्थापनमा पनि विभिन्न खालका अप्ठेरा देखिरहेका छन् ।’

टाँगालाई सीमावर्ती सहर रक्सौलको रेल्वे ढालाचोकसम्म प्रवेश पाउने भएकाले पनि सामानसहितका यात्रुहरूको मुख्य रोजाइमा टाँगा पर्ने गर्छ । अन्य अटोरिक्सालाई शङ्कराचार्य गेट नजिकै रोकिने भए पनि टाँगाहरू भने भारतीय भूमिसम्मै पुग्ने भएकाले पनि सर्वसाधारणको रोजाइमा टाँगा पर्ने गर्छ । भारतीय टाँगाहरू पनि वीरगञ्जमा आउजाउ गर्ने गर्छन ।

वीरगञ्ज आसपासमा दुवैतर्फका करिब डेढ सयको हाराहारीमा टाँगा चल्ने गर्छन् । जसमा नेपाली नागरिकले सञ्चालन गरेका ७५ र भारतीय नागरिकले सञ्चालन गरेका ७५ वटा टाँगा रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दसैँलगत्तै मुख्य सडकखण्डमा टाँगा नचलाउन अनुरोध गरे पनि टाँगा चालकले भने अटेरी गर्दै आइरहेका छन् । ट्राफिक प्रहरीले गत मंगलबार घण्टाघर क्षेत्रमा चलाएका चार वटा टाँगालाई नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गराएको थियो ।

प्रहरी निरीक्षक भट्टले घण्टाघर, रेल्वे सडक, मेनरोडलगायतका स्थानमा अत्यधिक ट्राफिक चाप भएकाले पनि टाँगा नचलाउनको लागि अनुरोध गर्दै आइरहेको बताए । वीरगञ्ज टाँगा सङ्घका अध्यक्ष शेख कलामले घण्टाघर–रेल्वे अटोरिक्सा चोकमा धेरै यात्रु पाइने भएकाले पनि बसपार्कबाट टाँगा चलाउन अप्ठेरो भइरहेको बताए ।

‘एकदमै आर्थिक अवस्था कमजोर भएकाले टाँगा चलाउने भएकाले पनि प्रहरी प्रशासनले तोकेको रूटमा टाँगा चलाउन कमाइ नहुने देखिएको छ,’ उनले भने, ‘अटोरिक्सा किन्नका लागि चार लाखभन्दा धेरै मूल्य पर्ने भएकाले पनि समस्या भइरहेको छ ।’ वीरगञ्जमा टाँगा तान्ने घोडासहित औषतमा ६० हजार रुपैयाँदेखि एक लाख रकममा खरिद गर्न सकिन्छ ।

online khabar

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,56,प्रमुख समाचार,143,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,195,विचार,29,विज्ञान प्रविधि,26,विश्व,43,समाचार,200,स्थानीय समाचार,110,स्वास्थ्य,31,हाइलाइट,27,
ltr
item
ekrantikhabar: टाँगाले वीरगञ्ज सहरको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै
टाँगाले वीरगञ्ज सहरको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEipwFe-B913FlFfiEN6ynNBefpTyPMCSmufZMjrhKdwmcpjS_1VzVV6Y_lOkdk6lkpOHO3zVj_YrFd9v8_jItJIOBNmayO7Zeo8hy3Xih-8n7yH4f0Q5gO12zlCyKnVRod6cTbp-1xipijhaQPeS7Ty8iQmMNGPbwRj2tz5HH17XOtBn9hyphenhyphen_Ew8zTCD7vf4/s1600/download%20(1).jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEipwFe-B913FlFfiEN6ynNBefpTyPMCSmufZMjrhKdwmcpjS_1VzVV6Y_lOkdk6lkpOHO3zVj_YrFd9v8_jItJIOBNmayO7Zeo8hy3Xih-8n7yH4f0Q5gO12zlCyKnVRod6cTbp-1xipijhaQPeS7Ty8iQmMNGPbwRj2tz5HH17XOtBn9hyphenhyphen_Ew8zTCD7vf4/s72-c/download%20(1).jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/12/blog-post_718.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/12/blog-post_718.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content