विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

एमालेको सरकार समृद्धि र सुशासनका लागि हो,अब तर्क गरिहनु आवश्यक छैन,व्यवहारबाट पुष्टि:ओली

580


पर्सा-
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।

नेकपा एमालेको पर्सा जिल्ला कमिटीले आज सखुवा प्रसौँनीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताउनुभयो ।

‘हामी क्रान्तिकारी हौँ । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुश गर्नु होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ । मधेसका मसिया भन्ने पार्टीका नेताहरुले विकास निर्माणमा नभई संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौँ । मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्व दिएका छौँ । 

यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस,’  प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइएसकेको छ । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।

प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्व दिएको र अब पुनः ती कामले गति लिने बताउनुभयो ।

उहाँले स्थानीयबासीको मागबमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नती गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री ओलीले बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान गर्न तथा महिला दिदीबहिनीहरुलाई सामाजिक र राजनीतिकरुपमा अगाडि बढाउन सहयोग गर्न आग्रह गर्दै महिला र युवालाई अत्यधिकरुपमा परिचालन नगरेसम्म जनतामा भिजेको बलियो पार्टी बनाउन नसकिने भएकाले त्यस अनुसार काम गर्न स्थानीय पार्टी नेतृत्वलाई सुझाव दिनुभयो ।

कार्यक्रममा सो गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल लगायत स्थानिय नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए। 

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,56,प्रमुख समाचार,146,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,201,विचार,29,विज्ञान प्रविधि,26,विश्व,44,समाचार,208,स्थानीय समाचार,113,स्वास्थ्य,31,हाइलाइट,27,
ltr
item
ekrantikhabar: एमालेको सरकार समृद्धि र सुशासनका लागि हो,अब तर्क गरिहनु आवश्यक छैन,व्यवहारबाट पुष्टि:ओली
एमालेको सरकार समृद्धि र सुशासनका लागि हो,अब तर्क गरिहनु आवश्यक छैन,व्यवहारबाट पुष्टि:ओली
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgwqe0d4XFKOE6pXTm0E2sR5C2uopP9oUSZtTIRx-n9Mpvu7Gaf2KkzpOKRMlwO-tVSPo0vSChHxOMPhOtoepa9oduV-CYuCIXfGikd6DGeUeoUWymQRVL9rClM0Dn_vUOrEp_iFv-0LHPcTvaosBSgXn3jayPHcGwU9n3AT2xmJFbDhlGRgr20c7uM0U9a/s320/IMG_20241229_182120.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgwqe0d4XFKOE6pXTm0E2sR5C2uopP9oUSZtTIRx-n9Mpvu7Gaf2KkzpOKRMlwO-tVSPo0vSChHxOMPhOtoepa9oduV-CYuCIXfGikd6DGeUeoUWymQRVL9rClM0Dn_vUOrEp_iFv-0LHPcTvaosBSgXn3jayPHcGwU9n3AT2xmJFbDhlGRgr20c7uM0U9a/s72-c/IMG_20241229_182120.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/12/blog-post_736.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/12/blog-post_736.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content