पर्सा- फेसनको ब्रान्डिङ्ग बजारमा स्थापित युवा व्यवसायी एवंम आरपी ग्रुपका सञ्चालक रुपेश पाण्डे पछिल्लो समय आफ्नो गाउँ ठाउँका दुःख पीडा सुन्नमा व्यस्त देखिन्छन् । पाण्डेले व्यवसायका साथसाथै समाज रुपान्तरणका लागि समेत आफ्नो यात्रा अगाडि बढाएका हुन् ।
युवा उधमी पाण्डेले समाज रुपान्तरण तथा जनताको सेवामा पुर्याउदै आएका योगदानका कारण अहिले आमजनमानसमा छुटै पहिचान बनाउन सफल भएका हुन । उनी आम नागरिकको सुख दुख हरेक समयमा साथ सहयोग गर्दै आएको हुनाले पर्सा क्षेत्र नम्बर ३ का जनता उनलाई २०८४ को प्रतिनिधि सभा निर्वाचनमा सांसद बन्न सुझाव दिने गरेका छन, भने कतिपयले उनलाई सांसदकै रुपमा अहिले देखि नै हेर्न थालिसकेका छन् ।
स्थानिय अभिभावक, बुद्धिजीवीहरुको आर्शिवाद तथा युवाहरूको साथ सहयोगको अपेक्षा लिएर उनी पनि निर्वाचनमार्फत चुनिएर समाजसेवा र समाजको विकासमा झनै अग्रसर हुने सोचमा देखिन्छन् । जे होस्, अहिले पर्सा तीनलाई हेर्ने हो भने पाण्डेयको पक्षमा माहोल तातिँदै गएको देखिन्छ, भने युवा उधमी पाण्डेको क्रेज आम नागरिकमा निकै बढेको छ ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ समेत पर्ने पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर २ मानिकपुर निवासी पाण्डेलाई बिकल्पको रुपमा मानेर क्षेत्रको बिकास तथा परिवर्तनको बाटो बनाएर अहिले देखि नै स्थानिय नागरिकले उहाँलाई अगाडी बढाउन थालेको देखिन्छ ।
पाण्डे बिगतको लामो समय देखि राजनीतिक तथा पर्सा क्षेत्र नम्बर ३ को अध्ययनमा लागेका थिए । उनी राजनीतिक दलका नेतृत्वकर्ताहरुसंग निरन्तर भेटघाट गर्ने र समस्या परेको ठाँउ बारे समाधानको लागी घचघचाउने, राजनितिक कमी कमजोरी बारे गुनासो समेत गर्दै आएका छन ।
पर्सा जिल्ला व्यापारिक, आर्थिक, सामाजिक दृष्टिकोणमा राम्रो रहेपनि हुनुपर्ने जतिको विकास हुन नसकेको उनको दावी छ । पाण्डेयले अहिले आफ्नो राजनीतिक, सामाजिक भेटघाट क्षेत्रबासीलाई भेट्ने, समस्याहरु बुझ्ने र समस्या निराकणको योजना बनाउने सम्मका गतिविधिमा आफूलाई व्यस्त राखेका छन् ।
युवा उधमी पाण्डेले अहिले खास गरेर समाजमा शिक्षा, स्वास्थय, कृषिको बिषयमा देखिएको समस्याा समाधानको बाटो देखाउन आवश्य रहेको बताए । उनले बिकास निर्माणको कार्यमा भईरहेको भ्रष्टचार तथा अन्यमीतालाई रोक्न पहिलो प्राथमिकतामा राखेर आफु अगाडी बढने बताएका छन ।
उनले भने जनताको प्रतिनिधित्व गर्ने ब्यक्ति कुनै पार्टी र संगठन बिषेश नभई समाज र जनता बिषेश काम गर्नु जरुरी हुन्छ, तर यहाँ नेताहरुले भोट माग्ने बेला जनप्रिय बन्ने र जित पाउने बितिकै प्राईभेट लिमिटेड कम्पनी जस्तै आफ्ना आसेपासेलाई पोषण पालनमा सिमित हुने गरेका छन । यस्ता भ्रष्ट नेताहरुलाई तह लगाएर समाजलाई रुपान्त्रण गर्ने उदेश्य बोकेर आफु निर्वाचनमा उत्रिने लाागेको बताए हुन ।
उनले भने जिन्दगीमा पैसा कमाउन ठुलो कुरा हैन, मान्छेलाई पहिला सन्तुष्टि कमाउनु पर्यो, जनताको आशा र भरोसा यदि म प्रति छ भने मैले ती आशा र भरोसालाई पुरा गर्न सक्छु भने म एउटा समाजको अगुवा भएर बाटो देखाउने म अगाडि बढ्छु । जनताले नियालिरहेका समस्याहरुलाई समाधान गर्न सकेन भने मैले ठाँउ ओगेटेर बसेर मात्र कुनै फाईदा नरहेको प्रकाश पारे ।
युवा उधमी पाण्डेले आफ्ना कृयाशिलता, लगनशिलता र जनताले उनी प्रती राखेको भरोसालाई मुल शक्तिको रुपमा प्रयोग गरेर क्षेत्रमा पर्ने ७ वटा स्थानीय तहमा पर्ने ३५ वटा वडालाई आर्थिक दृष्टिकोण र सामाजिक दृष्टिकोणबाट ठिक पारेर बिकास मुखीमा परिवर्तन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
पाण्डेले निर्वाचन सकिए पछि परिर्वतन हुन्छ, मेरो जित प्रस्चात पर्सा क्षेत्र नम्बर ३ देशकै नमुना क्षेत्र बन्ने घोष्ण समेत गरेका छन ।
प्रतिक्रिया