बीरगंज: बीरगंज महानगरपालिका वडा नम्बर २५ मा रहेको लाली गुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औ वार्षिक साधारणसभा आज कलासीकबैङकमा सम्पन्न भएको छ।
लाली गुराँस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरेराम पटेलको अध्यक्षता तथा नेफ्स्कुनका केन्द्रीय महासचिव धनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सो वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उदघाटन समारोहमा अधिकारीले अहिले नेपालमा सहकारीको बारेमा जसरी सरकारले अध्यादेश मार्फत कानुन संशोधन गरेर ल्याउन लागेकोमा आफुहरु हेर र पर्खमा रहेको बताए ।
उनले भने अहिले आतिहाल्नु पर्ने अवस्था नरहेको तर बचतकर्ताहरुको बचत कसरी हुन्छ त्यसतर्फ आफुहरु लागि परेको अधिकारीले बताएका छन् । बदमासी गर्ने सहकारीको लागि राम्रो तर हामीले बदमासी गर्न नहुने जसरी यो लाली गुराँस बचत तथा ऋण सहकारी संस्थाले आज १ करोड ५० लाख मुनाफा गर्न सफल भएको छ त्यो सबै शेयर सदस्य तथा संचालक एवम् बचतकर्ताको लागि धेरै खुशीको कुरा हो भनेर बताएका हुन ।
संस्थाले धेरै उपलब्धि गरेको र सहकारी निति नियम भित्र बसेर आज उत्कृष्ट कर्मचारी र उत्कृष्ट ऋणीहरुलाई सम्मानित गरेकोमा थप यसले आगामी दिनमा ऋणीहरु बचतकर्ताहरु र कर्मचारीहरुमा उच्चमनोबल बढन सक्ने सम्भावना रहेको अधिकारीको भनाइ रहेको छ। साधारणसभामा नेफ्स्कुनका केन्द्रीय कोषाध्यक्ष दिपक थापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित ,महासचिव जिष्णु बराल राष्ट्रिय सहकारी बैंकका प्रमुख संजय महतो,नेफस्कुन बीरगंजका प्रमुख गौतम कुमार साह ,सिएमसि क्लबका अध्यक्ष रवि भुषल श्रीवास्तव,पुर्व अध्यक्ष चन्देश्वर चौरिसया,शिवम बचत तथा ऋण सहकारीका प्रबन्धक राजेन्द्र जैसवाल ,परिवार बचत तथा ऋण सहकारी संस्थाका राजेश बहादुर श्रेष्ठ ,वडा नम्बर १७ का वडा अध्यक्ष सजिब बहादुर क्षतकुली,संस्थाका लेखा समिति संयोजक राजेश प्रसाद कुर्मी ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,मिरमिरे अनलाइन मधेस प्रदेश संयोजक दिपक चौरसिया,पत्रकार आसिक अन्सारी ,लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव श्रीकान्त प्रसाद कुर्मीले प्रस्तुति गर्ने क्रममा संस्थामा हालसम्म वासलात ४७ करोड ३६ लाख ६४ हजार रहेको जानकारी दिनुभएको छ। संस्थाका कोषाध्यक्ष रबि कुमार पटेलले वार्षिक आयब्याय प्रस्तुत गर्ने क्रममा बचत निक्षेप ४१ करोड २२ लाख ८९ हजार ९०२ रहेको बताए । संस्थाले आम्दानी ६ करोड २५ लाख ८४ हजार गरेको बताएका छन् ।
साधारणसभामा विभिन्न सहकारी संस्थाका संचालक तथा प्रतिनिधिहरुको उल्लेखनीय सहभागी रहेको थियो ।कार्यक्रमको स्वागत कन्तब्य कर्मचारी ज्योति कुमारी कर्णले गरेकी थिइन् । संस्थाले उत्कृष्ट कर्मचारी ,उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋणीहरुलाई संस्थाका अध्यक्ष हरेराम पटेलले सम्मानित गर्नुभएको थियो । उनले भने आफुहरु अहिले सक्षम भइरहेकोले अब १ जना सदस्यलाई ४० लाख सम्म एक हप्ता भित्र ऋण दिन सक्ने भएको बताएका छन् । हामीले अहिले आफ्नो सहकारीमा करिब ५५ करोड ब्यालेसित रकम सुरक्षित रहेकोले कसैले बैंक बाट ऋण लिन नपर्ने संस्थाले तुरुन्त उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।
प्रतिक्रिया