काठमाडौं- अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पबारे झुठो सामग्री प्रकाशित, प्रसारित गरेको मुद्दामा एबीसी न्यूजले १५ मिलियन डलर जरिवाना तिर्नु पर्ने भएको छ ।
राट्रपति ट्रम्प ‘बलात्कार का लागि जिम्मेवार’रहेको भन्दै एबीसी न्यूजले आफ्नो अनलाइन पोर्टलमा एक समाचार सामग्री प्रकाशित गरेको थियो । तर, अहिले गल्ती स्वीकार गर्दै मामिला सल्टाउन १५ मिलियन डलर भर्न तयार भएको हो । सम्झौता अनुसार अब एबीसी न्यूजले राष्ट्रपति निर्वाचित ड्रम्पले स्थापित गरेको फाउण्डेशन वा राष्ट्रपतिको नामबाट स्थापित संग्रहालय अथवा धर्मार्थ योगदानका रुपमा १५ मिलियन डलर भर्नुपर्ने भएको छ ।
यस्तै, ट्रम्पको कानूनी फी’का लागि एक मिलियन डलर भुक्तानी गर्न समेत एबीसी सहमत भएको छ । त्यति मात्रै नभई सम्झौता अनुरुप एबीसीले १० मार्च २०२४ मा अनलाइन समाचार सामग्रीको मुनि सम्पादकको नोट ९भूलसुधार० पोष्ट गर्ने भएको छ ।
सो पोर्टलले जर्ज स्टेफानोपोलोसले १० मार्च २०२४ मा एक साक्षात्कारका दौरान लगाएको आरोपबारे समेत एउटा खेद प्रकाशित गर्ने बताइएको छ ।
प्रतिक्रिया