मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।
सर्वोच्चले चौबिस घन्टाभित्र प्रसाईंलाई उपस्थित गराउनू भन्ने यसअघिको आदेशपछि शुक्रबार उनलाई सर्वोच्चमा उपस्थित गराइएको सर्वोच्चका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए।
सर्वोच्चमा न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासमा प्रसाईंको बन्दी प्रत्येक्षीकरणको मुद्दामा सुनुवाइ भइरहेको छ।
प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बुवालाई प्रहरीले गैरकानुनी रूपमा हिरासतमा राखेको, जिल्ला अदालत काठमाडौंको आदेश पछि पनि हिरासतमै राखेको भन्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए।
त्यसमा सुनुवाइ गर्दै न्यायाधीश पोखरेलले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेका हुन्। यसमा निवेदकको माग अनुसार किन आदेश जारी हुनु नपर्ने हो, नपर्ने भए त्यसको आधार र कारणसहित प्रसाईलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश भएको थियो।
यस मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०, प्रहरी प्रधान कार्यालय नक्साल, गृहमन्त्रालय र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएको छ।
अहिले प्रसाईंमाथि आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।
उनले एक व्यक्तिलाई भारतमा परिचालन गरी व्यापारी तथा उच्चस्तरीय व्यक्तिलाई धम्की दिन लगाएको आरोप छ।
यसअघि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई मंसिर २७ गते साइबर अपराधमा ४० हजार धरौटी माग गरी छाडेको थियो।
सिआइबीमा उनीविरूद्ध अर्को पक्राउ पुर्जी तथा अनुसन्धान भइरहेको हुँदा उनलाई पुनस् पक्राउ गरी अनुसन्धान गरेको छ।
प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए।
प्रतिक्रिया