विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

एमाले १७ महिना सरकारमा रहे पछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने: प्रधानमन्त्री ओली

580


काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति अनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यस पछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताउनुभयो । सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएकोले एमालेका सांसदहरूको संसदमा पनि त्यही अनुसारको अति जिम्मेवार भूमिका हुने उहाँले स्पष्ट पार्नुभयो ।

नेकपा एमाले संसदीय दलका नेता ओलीले अहिलेको सरकार देशको राजनीति, अर्थतन्त्र र समाजलाई फेरी सही बाटोमा फर्काउने दिशामा लागेको बताउनुभएको छ । उनले देशमा बेथिति बढ्दै गएको छ , ती सबै कुरालाई चिरेर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको ओलीले बताउनुभयो । त्यसको लागि एमाले र कांग्रेसको सरकार बनेको उहाँले स्पष्ट पार्नुभयो ।

राष्ट्रिय हित, गौरव, सुशासनको पक्षमा संसदमा एमालेको भूमिका हुने उहाँले बताउनुभयो । कमी कमजोरी रहेका कुरालाई सच्याउँदै सुशासनलाई सुदृढ बनाएर अघि बढ्नु पर्नेमा ओलीले जोड दिनुभयो । ‘हाम्रो अत्यन्त सक्रिय र बहुआयामीक दृष्टिकोण रहने छ’, उहाँले भन्नुभयो ।

सरकारले छिमेक सम्बन्धलाई विशेष रूपमा अघि बढाउने उहाँले बताउनुभयो । आन्तराष्ट्रिय समुदायमा पनि विश्वशान्ति, निःशस्त्रीकरण र अन्तराष्ट्रिय न्यायको पक्षमा सरकारको स्पष्ट दृष्टिकोण रहेको ओलीले स्पष्ट पार्नुभयो । ‘हाम्रो सम्बन्ध कोही पनि शत्रु छैन हाम्रो, सबै हाम्रा मित्र हुन् भन्ने आधारमा हुने छ’, ओलीले भन्नुभयो ।

नेपाल मानवता र शान्तिको पक्षमा रहेको उहाँले बताउनुभयो । नेपालमा २० प्रतिशतको दरमा रहेको गरिबीलाई शून्यमा झार्ने योजनाका साथ सरका अघि बढ्ने ओलीले स्पष्ट पार्नुभयो ।

वातावरण परिवर्तनमा परेको प्रभावलाई रोक्नको लागि नेपाल प्रतिबद्ध रहेको र त्यसमा विश्व समुदायको ध्यानाकर्षण गराउने ओलीले स्पष्ट पार्नुभयो । माघ महिनामा समेत हिमालमा हिउँ नदेखिनु निक्कै चुनौतीपूर्ण स्थिति रहेको ओलीले बताउनुभयो ।

हिन्दकुश पर्वतमालाको सबैभन्दा ठुलो भाग नेपालमा रहेको बताउँदै ओलीले विश्वको वातावरण संरक्षण गर्ने कुरामा यसको महत्त्व रहेकोले त्यसको संरक्षण गर्दै नेपाल अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । ‘विश्व शान्ति र विश्व वातावरणीय सुरक्षामा हामीले बढी ध्यान दिने छौँ’, उहाँले भन्नुभयो ।

व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने गलत प्रचार गरिएको भन्दै ओलीले त्यसमा एमालेका सांसदहरू सचेत हुनु पर्ने बताउनुभयो । आफ्नो पालामा देशमा असाधारण काम भएको ओलीले दाबी गर्नुभयो ।

संविधान अपरिवर्तनीय दस्ताबेज नभएको बताउँदै ओलीले अहिलेको संविधान दुई पटक संशोधन भइसकेको बताउनुभयो । संविधान संशोधन गरेर लोकतन्त्रलाई थप बलियो बनाउने काम गरिएको ओलीले स्पष्ट पार्नुभयो । ‘नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य छ, स्वागत गरिन्छ, स्वागतयोग्य छ, लोकतन्त्रमा लोकतान्त्रिक प्रक्रिया बाहेक अन्य कुनै पनि अराजक बाटोबाट परिवर्तन सम्भव छैन’, ओलीले भन्नुभयो ।

अहिले दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला चलाइएको भन्दै ओलीले त्यसको पछि नलाग्न पनि आग्रह गर्नुभयो । सरकार ढल्ने म्याद सार्दै आएकालाई ओली भन्नुभयो ‘२०८४ मङ्सिरमा सरकार परिवर्तन हुन्छ, निर्वाचन पछि के परिणाम आउँछ, त्यही अनुसारको सरकार बन्छ, मान्छेहरूले अस्ति गएको मंसिर बुझेछन्, २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ । ’प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्विस बैङ्कमा पैसा राखेको छ भनेर प्रचार गरेको भन्दै भ्रामक प्रचार गरिएको बताउनुभयो । त्यस्ता प्रचार गर्नेको कुनै खण्डन गर्न आवश्यक नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

आफूलाई पशुपतिमा पित्तल चढायो, छानबिन गरी पाउँ भन्नेसम्मका आरोप लगाइ छानबिनसम्म गरिएको ओलीले स्मरण गराउनुभयो । पशुपति चढाइएको सुन उक्काएर जोख्दा कुनै कैफियत फेला नपारेपछि उनीहरू चुप लागेका ओलीले बताउनुभयो ।

कमजोरहरूको झुट बोल्ने, बेइमानी गर्ने चरित्र हुने ओलीको भनाइ छ । ओलीले सांसदहरूलाई अत्यन्तै संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्नुभयो । तथ्यमा आधारित बहस गर्न उहाँले निर्देश दिनुभयो । तथ्य र सत्यको आधारमा बोल्ने कुरामा नहिचकिचाउन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,58,प्रमुख समाचार,163,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,231,विचार,29,विज्ञान प्रविधि,26,विश्व,47,समाचार,239,स्थानीय समाचार,131,स्वास्थ्य,31,हाइलाइट,28,
ltr
item
ekrantikhabar: एमाले १७ महिना सरकारमा रहे पछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने: प्रधानमन्त्री ओली
एमाले १७ महिना सरकारमा रहे पछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने: प्रधानमन्त्री ओली
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiqQHWHOLDqbgXsGjzP05P7Cgj6c9W6srvb-ccaDneiF_GKdu6a5eUr2zUx8REsqQU7vcFLkKCjtvOQ3HTXyZk7rD5H53yu2W0xJJaVTOo7sb56bbkp4d8AAtMSSqe6coXB6Y5fCGcl5nnCcmOwE1Aqb6oRZNdwgQrg6XxT9HKJaqYU2sLkFWERnbftlDgu/s320/c43afb2b-6217-4857-a00f-22a80034c091-scaled%20(1).webp
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiqQHWHOLDqbgXsGjzP05P7Cgj6c9W6srvb-ccaDneiF_GKdu6a5eUr2zUx8REsqQU7vcFLkKCjtvOQ3HTXyZk7rD5H53yu2W0xJJaVTOo7sb56bbkp4d8AAtMSSqe6coXB6Y5fCGcl5nnCcmOwE1Aqb6oRZNdwgQrg6XxT9HKJaqYU2sLkFWERnbftlDgu/s72-c/c43afb2b-6217-4857-a00f-22a80034c091-scaled%20(1).webp
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/01/blog-post_0.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/01/blog-post_0.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content