वीरगञ्ज– जीतपुरसिमरास्थित सक्रिय युवा कल्याण संघद्वारा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य बारा क्षेत्र नं. ४ का देव नारायण चौधरीको आतिथ्यमा एवम् सक्रिय युवा कल्याण संघका अध्यक्ष नवेद आलम अन्सारीको अध्यक्षतामा सम्पन्न भएको हो। अतिथिमा वडा अध्यक्ष सुनिल कुमार गुप्ता, प्रधानाध्यापक राजु कुमार सिंह लगाएतकाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा १४ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन। सो रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए। कार्यक्रममा सुनिल कुमार गुप्ता, अजय राउत, अनिल कुमार साह, सलमान खान, हलिम मिया
लगायतकाले रक्तदान गरेका हुन ।
नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
प्रतिक्रिया