पर्सा- वीरगंज २३ प्रसौनी बिर्ता स्थित ब्रम्हबाबा मन्दिरको पुनः निर्माणको कार्य शुरु भएको छ। वडा समितीको १० लाखको लागत सो मन्दिरको पुनः निर्माण शुरु भएको हो।
मन्दिर जिर्ण भईसकेकोले पुनःनिर्माण कार्य अगाडि बढाइएको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले जानकारी दिए ।
पहिला भन्दा ठुलो र तिन तल्ले मन्दिर निर्माणको काम आज बाट शुरु गरिएको संबिधान सभाका सदस्य एवं नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले जानकारी दिए । पुरानो मन्दिर भईसकेको र पुजा गर्न समेत अप्ठ्यारो भएकोले मन्दिर पुनःनिर्माण गर्न लागिएको यादवले बताए । यादवले भव्य र ठुलो मन्दिर पुनः निर्माणका लागि वडा समितीले बजेट बिनयोजन गरि सहयोग गरेकोमा वडा समितीलाई धन्यावद समेत व्यक्त गरे। पहिलो चरणमा ब्रम्हबाबाको मन्दिर पुनः निर्माण गर्न लागिएको र यसपछि बजेटको व्यवस्थापन गरि सातोमाई मन्दिरको पुनःनिर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए । मन्दिर निर्माणको ठेक्का पाएका अरुणदय एण्ड निष्ठा निर्माण सेवाले एक महिना भित्र मन्दिर निर्माण गरिसक्ने दावी गरे । मन्दिर निर्माणमा कुनै सम्झौता नहुने र लागत अनुसारनै मन्दिर पुनः निर्माणको काम समयमै सकिने निर्माण सेवाका विश्वराज यादवले जानकारी दिए । मन्दिर पुनः निर्माणको लागि प्राबिधिक लगायत अन्य कामहरु सकिएर काम सुचारु भएकोले मन्दिर निर्माणमा बिलम्ब नहुने यादवले जानकारी दिए ।
प्रतिक्रिया