बीरगञ्ज- नेकपा एमाले पर्सा जिल्लाको प्रथम सचिवालय कमिटीको बैठक आज सम्पन्न भएको छ।
नेकपा एमाले पर्सा जिल्ला कमिटी अध्यक्ष डा। विशम्भर कुमार शर्माको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज प्रभु हजराको प्रमुख अतिथ्यमा बैठक सम्पन्न भएको हो।
बैठकमा केन्द्रीय कमिटी सदस्य तथा पर्सा इन्चार्ज हजरा र केन्द्रीय सदस्य अरविन्द सिंहले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि नेकपा९एमाले०को माघ देखि चैत महिनासम्म सन्चालन हुने तीन महिने वडा(केन्द्रित पार्टीको अभियान बारेमा जानकारी गराएका थिए । बैठकमा नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले वडा केन्द्रीत अभियान सुरु गर्ने निर्णय बारे चर्चा गरेका थिए। वक्ताहरूले संगठन बलियो बनाउन स्थानिय तहको अधिवेशन आवश्यक रहेको भन्दै पार्टी पंक्तिलाई एक जुट भएर आगाडि बढन आग्रह समेत गरेका थिए।
बैठकबाट माघ महिना भित्र १४ वटै पालिकाको अधिवेशन र तत्पश्चात् ११२ वटै वडाको अधिवेशन गर्ने निर्णय भएको जिल्ला कमिटीका सचिव महेश दासले जानकारी दिए । उनले पालिका अधिवेशन सम्पन्न गर्न क्षेत्रीय समन्वय कमिटीको बैठक आउदो साता सम्पन्न गर्ने निर्णय समेत भएको बताएका छन।
बैठकमा मधेस प्रदेश कमिटीका उपाध्यक्ष विचारी प्रसाद यादव , जिल्ला कमिटी उपाध्यक्ष मनोज कुमार गुप्ता सहित पदाधिकारी र सचिवालय कमिटी सदस्यहरुको सहभागिता रहेको थियो भने, बैठकको सहजीकरण सचिव महेश दासले गरेका थिए ।
प्रतिक्रिया