विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

डिएसपी लम्साल बिवरण नदिने,पर्सा छोडन किन चाहदैन्न प्रहरी, दर्जनौं सई,बरिष्ठ सई अडा जमाए

580


पर्सा:
प्रहरी प्रधान कार्यालयको सुचनालाई लत्याउदै दर्जनौं सई र बरिष्ठ सईहरु पर्सा जिल्लामा अडा जमाएर बसिरहेको समाचार प्राप्त भएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएको महिनौं बितिदा पनि रावाना नबुझी अडा जमाएर ति दर्जनौं सई र बरिष्ठ सईहरु बसिरहेका छन । 

प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरिक्षको मंसिर १४ गतेको निर्णय अनुसार प्रहरी नायव निरिक्षक र प्रहरी बरिष्ठ नायव निरिक्षकहरुको कामकाज तथा सरुवाको सुचना निकालेको थियो । प्रहरी प्रधान कार्यालयको सुचनामा प्रहरीहरुको परिचित नियमावली अनुसार तलब भता हाल सरुवा भएको दरबन्दीको ठाँउबाट पाउने गरि निकालिएको जनाएको छ, साथै उल्लेखित ब्यहोरा अवगत भई आवश्यक कारवाही गर्न गराउन सम्बन्धीत कार्यालयहरुलाई यसै पत्रबाट बोर्धाथ समेत गरेको थियो ।  

तर पर्सा जिल्लामा अहिले प्रहरी प्रधान कार्यालयको पत्रलाई लत्याउदैं सई र बरिष्ठ सईहरुले आफ्नै तालमा अडा जमाएर बसिरहेका छन ।  

पर्सा जिल्ला किन छोडन चाहदैन प्रहरीहरु

आर्थिक नगरीको नामले परिचित पर्सा जिल्ला तस्करी र गैरकानूनी कारोवारीहरुको मुख्य ठाउँ नै भएर देखिन्छ । केहि महिना देखि बन्द रहेको तस्करी पुनः संचालनमा आए संगै पर्सा प्रहरीहरु बदनाम हुन थालेकाछन । पर्सा जिल्ला पहिला देखि नै बदनाम भएको ठाउँ हो, सिमा क्षेत्रमा रहेका बिभिन्न प्रहरी चौकीका ईन्चार्ज लगायत प्रमुख सम्मको सेटिंगले कारोवार गर्न सजिलो भएकै कारण तस्करहरुले आफ्नो संजाल खडा गरेको जानकारहरू बताउछन ।  सेटिंगको भरमा कारोवार संचालन हुने र तस्करसंग मिलेर कम समयमा कमाउने माध्यम बनाएर प्रहरीहरुले पर्सा जिल्ला आउन माथिल्लो निकाय सम्म धाउने गरेका हुन्छन । राजनितिक र बिभागिय पहुचको भरमा तल्लो स्तर देखि सई, बरिष्ठ सई लगायत प्रहरी निरिक्षकहरु समेत काज र दरबन्दी मिलाउने र पर्सा जिल्ला आउने बितिकै चौकी र ईलाका प्रहरी कार्यालयको ईन्चार्ज समेत पाउने गरेका हुन्छन । 

पर्सा जिल्लामा बिटै, बिट र चौक, चौक प्रहरी खटाईएको हुन्छ, क्राईम र घुमुवा समेत छुटै परिचालन गरिएको छ तै पनि हप्तौं पिछे बारा प्रहरीले बिभिन्न ट्रक र गैरकानूनी समान नियन्त्रणमा लिनु भनेको पर्सा प्रहरीको मिलोमतो र प्रमुख सम्मको सेटिंग रहेको पुष्टि गरेको छ । यति मात्र होइन पर्सा जिल्लामा शसस्त्र प्रहरीको एक्सन र अहिलेको गतिबिधिले नेपाल प्रहरी पर्सा जिल्लामा असफल भएको देखिन्छ भने अहिले तस्करी र गैरकानूनी कारोवार प्रहरीहरु नै पुनः संचालनमा ल्याएको समेत बुझ्न सक्छ ।

कस कसको काँहा सरुवा भयो

प्रहरी प्रधान कार्यालयले बरिष्ठ नायव निरिक्षक मेग्जन कुमार लामालाई नेपाल प्रहरी बिशेष सुरक्षा गण ढल्केवर, यमनाथ पनेरुलाई वडा प्रहरी कार्यालय नरायणघाट चितवन, रन्जन कुमार सिंहलाई ईलाका प्रहरी कार्यालय धोविडांडा रामेछाप, बाबुराम ढकाललाई जिल्ला प्रहरी कार्यालय चितवन, गोरख बहादुर साहीलाई रुकुम लगायत ८जना बरिष्ठ सईहरुको सरुवा गरेको छ । भने प्रहरी नायव निरिक्षकमा अशोक महतोलाई ईलाका प्रहरी कार्यालय मेल्मची सिन्धुपालचौक, तुल प्रसाद पुडासैनीलाई जिल्ला प्रहरी कार्यालय रौतहट, भरत प्रसाद सिलवाललाई ईलाका प्रहरी कार्यालय भिमफेदी, भिम बहादुर बोहरालाई काठमाडौं उपत्यका ट्रफिक प्रहरी कार्यालय, यम कुमार रमौली मगरलाई जिल्ला प्रहरी कार्यालय महोतरी, सतेन्द्र प्रसाद यादवलाई ईलाका प्रहरी कार्यालय रौतहट, रुद्ध प्रसाद भट्टलाई प्रहरी तालिम केन्द्र महराजगंज, रामप्रवेश भारतीलाई बागमती प्रदेश प्रहरी कार्यालय गण, सरुवा गरेको छ । तर प्रहरी प्रधान कार्यालयको पत्रलाई लत्याउदै जिल्लामा अडा बनाएका छन भने कतिपयले ईलाका र चौकीको ईन्चार्ज भएर डेरा जमाएर बसेका छन । 

प्रहरी जवान र हवल्दारहरुलाई रावाना लिन बिहान बेलुका तगादा गर्ने र तुरुन्त रावाना बुझ्न लगाउने गरेका छन भने सई र बरिष्ट सईहरुलाई पहुचको भरमा काम गर्न लगाउने गरेको प्रहरी स्रोतले जनाएको छ । यस्ता गतिबिधीले जिल्ला प्रहरी कार्यालय पर्सामा दोहे रुप हेर्न पाईएको छ । यस्ता गतिबिधिमा जिल्लाका प्रसाशन शाखामा कार्यरत रहेका ईन्चार्ज र अन्य प्रहरीहरुको समेत मिलोमतो रहेको प्रहरी स्रोतको दावी । यती मात्र होईन, सरुवाको महिनौं बितियो तर अहिले सम्म रावाना नगर्नु भनेको पापा १ र पापा २ को रुपमा बसिरहेका प्रमुख र जिल्लाका सकेन्ड मैन डिएसपी किशोर लाम्साल समेतले ति सरुवा भएकाहरु संग लभाम्बीत छन भने स्रोतको दावी छ । 

अन्य जिल्लाबाट सरुवा भएर आउने सई र बरिष्ट सईहरु पर्सामा हाजिर समेत भईसकेको प्रहरी स्रोतले जनाएको छ । 

जिल्लाको सम्पुर्ण सुचना सम्प्रेशण गर्न प्रवक्ता राखिएको हुन्छ र सो ठाँउको जिम्मेवारीमा पापा २ भन्ने डिएसपी लम्साल छन तर उनीसंग सुचना तथा सरुवाको बिवरण माग्न जाँदा घण्टो कुराएर लुकाउने काम गरेका थिए भने बिवरण समेत दिएन्न । जिल्लाको बिवरण लुकाउनु वा दिन नचाहनु यस्ता कृयाकलापले प्रमुख र डिएसपी लम्साल समेतको मिलोमतो रहेको बुझ्न सकिन्छ । 

यस बिषयमा बुझ्न मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणी आचार्यसंग सम्पर्क गर्दा उहाँ बिदामा भएको हुनाले एसएसपी सुरेन्द्र बहादुर गुुरुंगले सरुवा भए लगतै रावाना बुझ्नु पर्ने नियम रहेको प्रतिकृया दिए । तर उनले थप जनकारी आफु दिने अधिकार नरहेको बताएका थिए, भने थप कुरा गर्न प्रदेशका प्रवक्ता सुबाश चन्द्र बोहरासंग बुझ्न खोज्दा उहाँको फोन उठेन्न । 


प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,56,प्रमुख समाचार,141,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,193,विचार,29,विज्ञान प्रविधि,26,विश्व,43,समाचार,200,स्थानीय समाचार,109,स्वास्थ्य,31,हाइलाइट,27,
ltr
item
ekrantikhabar: डिएसपी लम्साल बिवरण नदिने,पर्सा छोडन किन चाहदैन्न प्रहरी, दर्जनौं सई,बरिष्ठ सई अडा जमाए
डिएसपी लम्साल बिवरण नदिने,पर्सा छोडन किन चाहदैन्न प्रहरी, दर्जनौं सई,बरिष्ठ सई अडा जमाए
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhTCnM7ufvOuzEUjpqlii33sSRC9me7yP-oZk48GeAgfCazK_4sWkOHnTmzgyNkNJNa7nOk57WhWvwGeFeq_aWzrLfO7GZXJX0pYFREqLuVg5fufBdly4uwTv4NVsuTObjmViSHjcLj5rF4O4dknIL0VO1QECEOR9eX_fvsuAsecgjVWI_w7YXX2A4Jm7fm/s320/Picsart_25-01-04_11-47-13-543.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhTCnM7ufvOuzEUjpqlii33sSRC9me7yP-oZk48GeAgfCazK_4sWkOHnTmzgyNkNJNa7nOk57WhWvwGeFeq_aWzrLfO7GZXJX0pYFREqLuVg5fufBdly4uwTv4NVsuTObjmViSHjcLj5rF4O4dknIL0VO1QECEOR9eX_fvsuAsecgjVWI_w7YXX2A4Jm7fm/s72-c/Picsart_25-01-04_11-47-13-543.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/01/blog-post_49.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/01/blog-post_49.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content