पर्सा- वीरगंज वडा नम्बर २३ को तिनवटै टोलमा यहि माघ २२ गते देखि फागुन ६ गते सम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) अभियान सञ्चालन हुने भएको छ । वीरगंज २३ प्रसौनी बिर्ता स्थित शुत्रबार स्वास्थय कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले सो अभियान संचालन गर्ने निर्णय गरेको हो । सरकारले देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध संचालन गरेको खोप अभियान अन्र्तगत वडा नम्बर २३ को प्रसौनी बिर्ता, सवैठवा र ईटियाही टोलमा खोप अभियान सञ्चालन गरिने जन स्वास्थ्य निरिक्षक मन्जु कुशवाहाले जानकारी दिनुभयो । अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप समावेश गरिएको स्वास्थ्य निरिक्षक कुशवाहाले जानकारी दिनुभयो ।
‘कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप लगाउँछौं।’ एचपीभि खोप अभियानलाई प्रभावकारी बनाउनका लागि विद्यालय, स्वयमसेविका, स्वास्थ्यकर्मीहरु परिचालित हुने कुशवाहाको भनाई थियो । वडा भित्रका ४ विद्यालयमा खोप अभियान सञ्चालन गरिने निरिक्षक कुशवाहाले जानकारी दिनुभयो ।
वडा सदस्य कान्ति देवीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मी सबिता साह, पुजा गुरुङ्ग, अन्जु कुमारी निधि,एमाले पर्साका जिल्ला सदस्य लक्ष्मी पराजुली,शिक्षक नरेश साह,संचारकर्मी राकेश साह लगायतको उपस्थिती थियो । कार्यक्रम वीरगंज महानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया