पर्सा- नेकपा एमाले निकट भातृ संगठन पेशागत महांसघ नेपालको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रम मधेश प्रदेश अध्यक्ष विमला थापाको अध्यक्षता तथा नेकपा एमालेका मधेश प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
सो अवसरमा वक्ताहरुले संगठन शुद्धिकरण गर्न प्रशिक्षण कार्यक्रम प्रदेश स्तरीय नभई जिल्ला स्तरीय गर्न आवश्यक रहेकोले आठौं जिल्लामा अभियानको रुपमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए । संगठन बलियो भए पार्टी बलियो हुन्छ, भन्ने उद्देश्यका साथ एक जुट भएर संगठन निर्माण तर्फ लाग्न बताएका छन । एमाले र नेपाली काँग्रेसको सत्ता सहकार्य प्रति आम जनमानसमा फैलाईएको भ्रम समाप्त पार्न आवश्यक रहेकोले संगठन र पार्टीका हरेक नेताहरुलाई एकधिक्क भएर वडा स्तर सम्म पार्टीको अभियानलाई पु¥याउन आग्रह समेत गरेका थिए ।
जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा पेशागत महांसघ नेपालका केन्द्रिय उपाध्यक्ष भोलानाथ पोखेरेल, हरिदत्त श्रेष्ठ, महासचिव केदार प्रसाद देवकोटा, उप महासचिव लक्ष्मण बज्गाई, नेकपा एमाले केन्द्रिय सदस्य तथा पर्सा ईन्चार्न प्रभु हजरा, केन्द्रिय सदस्य निर्माला देवकोटा, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, प्रेस चौतारीका केन्द्रिय सदस्य श्याम बन्जारा लगायत महासंघका प्रदेश भरीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया