पर्साको पकहाँमैनपुर गाउँपालिकामा संघर्ष युवा समाजको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष आदित्य शर्माको अध्यक्षता तथा सिदार्थ माध्यमिक विद्यालयका प्रधानध्यापक बिनोद मेहताको प्रमुख अतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो।
पकहाँमैनपुर गाउँपालिकाको वडा ३ स्थित स्वास्थ्य चौकीमा सम्पन्न कार्यक्रममा ३ महिला सहित ३१ जनाले रक्तदान गरेका हुन।
कार्यक्रममा संस्थाका अध्यक्ष आदित्य शर्मा, महासचिव बिजय कुमार सहनि, सचिव चन्देश्वर यादव, सह सचिव नितेश यादव, सदस्य अमर लाल यादव, अकाश पटेल, मुकेश साह गोढ, रबिन्द्र चौरसिया प्रहरी अकेलश कुमार साह, चौकी धोरेका ईन्चार्ज प्रहरी सहायक निरिक्षक अरबिन्द यादव, स्वास्थ्य चौकीका कर्मचारी प्रमिला यादव, पुजा चौहान, स्थानिय नवलकिशोर साह, सिपु राउत कमकर, आशा देवी लगायतका ३१ जनाले रक्तदान गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि यादवले संघर्ष युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रम सराहनीय रहेको भन्दै यस्ता समाजिक कार्यमा निरन्तरता दिन सुझाव दिएका थिए। उनले ग्रामीण भेगका युवाहरुले लागुऔषध सेवन तथा गलत कुलतमा परेको र त्यसता गतिबिधिले समाजमा नकरात्मक असर परिरहेको हुनाले यो समस्या सुधारमा ल्याउन समेत योजनाबद्ध भएर काम गर्न आग्रह समेत गरेका थिए।
सो अवसरमा संस्थाका अध्यक्ष शर्माले आफ्नो अमुल्य समय निकालेर सहभागी भई कार्यक्रम सफल बनाउनु भएका प्रमुख अतिथि, अतिथि लगायत रक्तदाताहरुमा धन्यवाद ज्ञापन गरेका थिए।
प्रतिक्रिया