बीरगंज : बीरगंज महानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आज नागरिक सम्मान कार्यक्रम अन्तर्गत विपन्न दलित ,जेष्ठ नागरिक असहायक र सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका ब्यक्तिहरुलाई न्यानो कम्बल वितरण गरिएको छ।
वडा नम्बर ११ का वडा अध्यक्ष अजयकुमार चौरसिया बरइको अध्यक्षतामा सम्पन्न सो न्यानो कम्बल वितरण समारोहमा वडा अध्यक्ष बरइले आफ्नो वडामा रहेका करिब ३०० भन्दा धेरैलाई वितरण गरिएको बताए । वडा नम्बर ११ का वडा सचिव उमेश शर्माका अनुसार अहिले सम्पूर्ण जेष्ठ नागरिक दलित विपन्न असहायक एकल महिला र सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका ब्यक्तिहरुको विवरण तयार गरेरमात्र दिने ब्यवस्था गरिएको बताएका छन् ।
उनले बताए अनुसार विहान ८ बजेदेखि ३ चरणमा वितरण गरेको बताएका हुन । वडाहरुमा पाँच दिन अगाडि नै पत्रचार गरिएको र अहिले जाडो समयमा उनीहरूलाई समयमा वितरण गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् । वडा अध्यक्ष चौरसियाले आफ्नो वडाका नागरिकहरुलाई कोही पनि नछाड्ने गरि सबैलाई खबर गरेकाले अहिले सबैले सहजरूपमा वितरण भइरहेको वडा अध्यक्ष चौरसियाले बताएका छन् । न्यानो कम्बल वितरण समारोहमा वडा सदस्य जगनलाल महतो,मुस्तकिम हावारी लगायतको उपस्थित रहेको थियो ।
प्रतिक्रिया