बर्दिया — ५१ प्रतिशत बाहुल्यता रहेको बर्दियाका थारु गाउँबस्तीमा माघी पर्वको रौनकता छाएको छ । यस वर्ष माघी सङ्क्रान्तिको पूर्व सन्ध्यामा बर्दियाका गाउँघरमा यतिखेर निकै चहलपहल बढेको छ ।
थारु गाउँ बस्तीबाट स्वदेश र विदेश काम गर्न र अध्ययन गर्न गएका अधिकांश युवक, युवती घर फर्किसकेका छन् । जिल्लाको आठै पालिकाको वडाहरूमा माघी नाच र गीत धन्किरहेको छ । राजापुर, बाँसगढीलगायत ठाउँमा माघी गीतमा नाचगान भइरहेको छ ।
विशेषगरी थारु समुदायको नयाँ वर्ष र ठूलो पर्व भएका कारण उत्साह र उमंगले माघीको मनाउँदै आएका छन् । थारु समुदायले विशेष महत्त्वको पर्व भएकोले घरमा उत्साह र चहलपहल बढेको गुलरिया नगरपालिका गाउँपालिका(२ संगमबस्तीका मुक्त कमैया अगुवा बिन्तीराम थारुले बताए । बर्दियामा माघी मिलन देखि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।
माघीका दिन थारुहरू बिहानै उठेर नुहाई धुवाई गरी शिवजीको पूजा गर्ने चलन छ । सोही दिन अनिवार्य रूपमा ठूलाबडा आफन्तसँग ढोगेर आर्शिवाद लिने गर्छन् । सन्तान नभएकाले शिवजीसँग सन्तानको वर माग्ने परम्परा रहेको छ,’ उनले भने, ‘हरेक थारु गाउँ बस्तीमा आफ्ना भेषभूषाअनुसार माघी नृत्य सहित गीत गाएर नयाँ वर्षको स्वागत गर्छौं ।ु
विगतमा जमिनदारका घरमा पराधीन अवस्थामा छँदा उन्मुक्त भई माघी मनाउन नपाएको समयको सम्झना आउने गरेको गुलरिया–२ कि करिब ७० वर्षीया अस्तुनि थारु बताउँछिन् । ुस्वाधीन भएपछि आफ्नै घरमा रमाइलो गरी माघी मनाउँदै आएका छौं,ु उनले भनिन् ।
आधुनिकता तर्फ अग्रसर भएका कारण कतिपय युवकयुवती पुराना संस्कृति बिर्सन थालेकोमा बुढापाका चिन्ता गर्न थालेका छन् । पछिल्ला केही वर्ष यता आधुनिकतातर्फ अग्रसर युवक, युवतीपिँढीमा पुरानो परम्परा मौलिकता हराउँदै गएको गुलरिया नपा(१२ की छोटकी थरुनी बताउँछिन् ।
पहिले माघीमा गाउँघरमा मादल बज्थ्यो,अहिले निकै कम छ,’ उनले भने, ‘आजभोलि डिजे बजाएर माघी पर्व मनाइन्छ । थारु समुदायको नयाँ वर्षको सुरुआत र धार्मिक महत्त्वको चाड भएकाले बिहानै नुहाईधुवाई गरेर सेतो चामलको टिका लगाउने चलन छ ।
घरमा आएका चेलीबेटीका लागि नुन, चामल, दाल छुट्ट्याएर दिने गरेको बढैया ताल गापा(५ का ६५ वर्षीय रामशरण चौधरीले बताए । यस चाडमा गच्छेअनुसार थारुहरूले, ढिकरी लगायतका परिकार सुँगुर, बङ्गुर, खसी, कुखुरा काटेर खाने गरेका छन्,’ उनले भने, ‘आजभोलि धेरै साधु९मांसाहारी त्यागेका० हुँदै गएकोले शाकाहारी भोजन गर्ने गरेका छन् ।
यतिखेर थारु समुदायका युवकयुवती महिलाहरू मघौटा नाचगान गर्दै बस्तीबस्तीमा रमाएका छन् । थारु समुदायको माघीबाट नयाँ वर्षको सुरुआत हुने भएकाले वर्षभरिका लागि बडघर,चौकीदार, स्वयंसेवकलगायत गाउँका अगुवा चयन गर्ने गरिन्छ ।
२०५७ साल अघि माघीका समय छोरी बेटीलाई साहु महाजनका घर कमलरी, बुक्रेनी र कमैया राख्ने निधो हुन्थ्यो । सरकारले ०५७ साउन २ गते कमैया प्रथा अन्त्य गरेको घोषणा पछि अहिले यो परम्परा हटेको छ । सरकारले माघीको अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।
प्रतिक्रिया