विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

जीतपुरसिमरामा किसानलाई राहतः सिँचाइको विधुत महसुल नगरपालिकाले बेहोर्ने

580


वीरगञ्ज
। जीतपुरसिमरा उपमहानगरपालिकाले कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याउने उद्देश्यले एक महत्वपूर्ण निर्णय गरेको छ। नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले किसानको सिँचाइलाई सहज बनाउन कृषि विधुत मिटर जडान गर्ने र त्यसबाट उठ्ने सम्पूर्ण बिजुली महसुल नगरपालिकाले नै तिर्ने घोषणा गरेको छ।

उपमहानगरपालिकाले वडा नं. १७, १८, १९, २०, र २४ का कृषियोग्य जमिनमा सिँचाइका लागि कृषि विद्युत मिटर जडान गर्नेछ। यसका लागि नेपाल विधुत प्राधिकरण र कलैया वितरण केन्द्रसँग सहकार्य भइसकेको र किसानको खेतसम्म विद्युत लाइन विस्तारको काम सम्पन्न भएको नगर प्रमुख पौडेलले जानकारी दिए।   

नगरपालिकाको यो कदमले किसानहरूलाई भरपर्दो बिजुलीमार्फत सिँचाइ सुविधा उपलब्ध हुनेछ, जसले गर्दा कृषि उत्पादनमा गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ। साथै, विधुतको उपलब्धताले किसानहरूलाई आधुनिक कृषि प्रविधि अपनाउन पनि प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ।

यसअघि पनि यस्ता घोषणा भए पनि कार्यान्वयन नभएका उदाहरणहरूका कारण किसानहरूमा उत्साहसँगै केही आशंका पनि देखिएको छ। वडा नं. १७ का निवर्तमान वडाअध्यक्ष नवराज बहादुर खड्काले विगतका अनुभवहरूले गर्दा यो निर्णय कार्यान्वयन हुनेमा केही संशय रहेको बताए।

तर, नगर प्रमुख पौडेलले यसपटक यो कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन हुनेमा जोड दिएका छन्। उनले किसानको हितलाई प्राथमिकतामा राख्दै नगरपालिका किसानको उत्पादन र जीवनस्तर सुधार गर्न प्रतिबद्ध रहेको दोहोर्याएका छन्।


जीतपुरसिमरा उपमहानगरपालिकाको यो दूरगामी निर्णयले किसानहरूलाई ठूलो राहत मिल्ने र समग्र कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,61,प्रमुख समाचार,235,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,302,विचार,30,विज्ञान प्रविधि,26,विश्व,51,समाचार,306,स्थानीय समाचार,182,स्वास्थ्य,32,हाइलाइट,39,
ltr
item
ekrantikhabar: जीतपुरसिमरामा किसानलाई राहतः सिँचाइको विधुत महसुल नगरपालिकाले बेहोर्ने
जीतपुरसिमरामा किसानलाई राहतः सिँचाइको विधुत महसुल नगरपालिकाले बेहोर्ने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi-zLeDLoXQjImAPkqjeMnORPaf5HBlPXizz3j77EV2mLQLf8IxIygN2QbENokUqEkrsgLTWCiHNDwcumNQV3C-ZTjLI2nGLdti_KmqKjHWqvw7_8_Bz5H2GCU2k6AxaQLirL2Sd3clLVhvkzajpn57M0OrH0ZChxpuz6nbnrU4d6dMH3CAjViRT0YNosyH/s320/bidhutsansar1702800535.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi-zLeDLoXQjImAPkqjeMnORPaf5HBlPXizz3j77EV2mLQLf8IxIygN2QbENokUqEkrsgLTWCiHNDwcumNQV3C-ZTjLI2nGLdti_KmqKjHWqvw7_8_Bz5H2GCU2k6AxaQLirL2Sd3clLVhvkzajpn57M0OrH0ZChxpuz6nbnrU4d6dMH3CAjViRT0YNosyH/s72-c/bidhutsansar1702800535.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/03/blog-post_50.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/03/blog-post_50.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content