१२ चैत,सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मी खोलाको किनारमा आज बोराभित्र सडेको अवस्थामा एक शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता बिरेन्द्र पासवानले दिएको जानकारी अनुसार प्रहरी घटनास्थलमा पुगेर शवलाई बोराबाट निकाल्ने काम गरिरहेको छ।
हालसम्म फेला परेको शवको पहिचान हुन सकेको छैन। प्रहरीले शव कसको हो भन्ने बारेमा अनुसन्धान गरिरहेको र शवको सनाखत गर्ने प्रयास जारी रहेको प्रवक्ता पासवानले बताए।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया