काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रतिनिधि सभामा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद बिमला सुवेदीको प्रश्नमा उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले द्वन्द्वकालका पीडितहरूलाई न्याय दिने सन्दर्भमा सरकार संवेदनशील रहेको बताएका हुन्।
अहिलेसम्म आयोग गठन हुन सकेको छैन। ऐनमा व्यवस्था भएका आयोगहरू किन गठन नभएका हुन्रु यी आयोगहरू कहिले गठन हुने र द्वन्द्वपीडितले न्याय पाउने, बेपत्ता योद्धाहरू कहिले सार्वजनिक हुन्छ, सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन के काम गरिरहेको छ, माओवादी केन्द्रकी सांसद सुवेदीले प्रश्न गरेकी थिइन्।
जबाफमा प्रधानमन्त्री ओलीले आफू अहिले पनि प्रयासरत नै रहेको बताए। अहिले पनि म प्रयासरत छु। विपक्षी दलका नेताज्युसँग सम्पर्क गर्न खोजिरहेको छु। तर पटकपटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नुभएको भन्ने जबाफ पाएको छु, उनले भने। विपक्षी दल नेतासँग सम्पर्क हुनेबित्तिकै शान्ति प्रक्रियासँग सम्बन्धित कामलाई टुंगोमा पुर्याउने प्रक्रिया अगाडि बढाइने प्रधानमन्त्री ओलीले बताए।
प्रतिक्रिया