वीरगंज, ७ वैशाख । सशस्त्र प्रहरी बल नेपाल, छिन्नमस्ता बाहिनी मधेस प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले सशस्त्र प्रहरी बलले देश र राष्ट्रको सुरक्षामा तत्पर रहेको बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले १८ औं स्थापना दिवसको अवसरमा "शान्ति, सुरक्षा र प्रतिबद्धता" नाराका साथ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सीमा क्षेत्रमा हुने अवैध चोरी, तस्करी नियन्त्रण तथा विपद् जोखिममा उद्धार र राहत वितरणमा सशस्त्र प्रहरीले सक्रिय भूमिका निर्वाह गरेको बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शुभकामना व्यक्त गर्दै शान्ति सुरक्षा, सीमा सुरक्षा, अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले गणले १८ वर्षको अवधिमा हासिल गरेका कार्यप्रगति र उपलब्धिहरूबारे जानकारी गराएका थिए ।
स्थापना दिवसको अवसरमा अमर सशस्त्र प्रहरीका परिवार, विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरू र सहयोगी दाताहरूलाई, समाजसेवीहरू लाई कदरपत्रसहित सम्मान गरिएको सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी गराए ।

प्रतिक्रिया