पर्सा जिल्लामा युवा व्यवसायी रुपेश पाण्डेको राजनितिक परिवेशले अहिले निकै चर्चाको बिषय बनेको देखिएको छ । क्षेत्रलाई समग्र रुपले समृद्ध बनाउने भिजन लिएर जनताको सेवा गर्न आफु राजनितिक परिवेश गरेको उनी बताउछन ।
( युवा व्यवसायी पाण्डेसंग गरिएको कुराकानी ) तपाईको उम्मेदवारी किन ?
म सधैंजसो मेरो क्षेत्रका नागरिकहरूको दुःखसुखमा सँगसँगै रहँदै आएको छु । यहाँ अहिले हरेक ठाउँलाई थितिमा बसाल्नु आवश्यक छ । विकासको अथाह सम्भावना भएर पनि विकास हुन सकिरहेको छैन । किसानले उत्पादन गरेका कृषिबालीको बजारीकरण छैन । बाटोघाटोको व्यवस्था राम्रो छैन । शिक्षा, स्वास्थ्यको अवस्था राम्रो छैन । कृषिमा आवश्यक पर्ने मल किसानले समयमा पाउदैनन भने किसानलाई कृषिकर्जामा सहजीकरण छैन युवा ब्यवसायी पाण्डेले धारण राखे ।
रुपेश पाण्डेले भने अहिले प्रत्येक घरका मान्छेले आफ्नो बच्चालाई बोर्डिङ स्कुलमा पढाउने अवस्था छैन । आफ्नो गाउँमा बच्चाहरुलाई स्कुल पठाउदा नुहाइधुवाइ गरेर, नङ, कपाल काटिदिएर सफा बनाएर बच्चालाई स्कुल पठाउने बानी समेत छैन । यसको अर्थ उचित शिक्षा दिन कसैको चासो छैन, खानेपानीको उस्तै समस्या रहेको उनले जिकिर गरे ।
म यही ठाउँमा जन्मे हुर्केको व्यक्ति हुँ । मैले यहाँको दुःख टुलुटुलु हेरेर बस्न हुँदैन भन्ने मेरो सोच हो । त्यसैले यस क्षेत्रको विकासका लागि मैले अहिले योजना बनाइररहेको छु । भिजन बनाएर काम गर्न खोजिरहेको छु । यहाँका नागरिकहरूले पनि मलाई अगाडि बढ्नका लागि घच्घचाइ रहनुभएको छ । नागरिकहरूको चाहना बमोजिम नै म अगाडि बढ्दैछु । म अगाडि बढ्दै जाँदा म मात्र अगाडि बढ्दिन यहाँका नागरिकहरूको आवाज अगाडि बढ्छ । विकास अगाडि बढ्ने गरि म अगाडि बढ्दैछु भने पाण्डेले बिश्वास ब्यक्त गरेका छन ।
तपाईका एजेन्डाहरु केके छन् ?
समग्रमा मैले यस क्षेत्रलाई हराभरा बनाउने, विकासमा अब्बल बनाउने लक्ष्य अगाडि सारेको छु । शिक्षा भनेको पहिलो चिज हो । शिक्षा भएपछि अरु कुराहरु हुँदैजान्छ । हाम्रो प्रत्येक गाउँमा स्कुल छ । स्कुलका शिक्षकहरुले राम्रोसँग अध्ययन, अध्यापन गराइरहेका छन कि छैनन् । स्वास्थ्य चौकीले राम्रोसँग स्वास्थ्य सेवा दिइरहेका छन कि छैनन् । स्थानीय सरकार, जनप्रतिनिधिहरुले राम्रोसँग सहजीकरण गरिदिएका छन कि छैनन्, त्यसलाई चाहिने सुविधाहरुको व्यवस्था गरिरहेको छ कि छैन ? यी सब समस्याहरुलाई नियालिरहेको छु । मधेश प्रदेशको यो क्षेत्रलाई हराभरा बनाउन बाटोको छेउमा रुखहरु लगाउने, स्वास्थ्य, शिक्षालाई गुणस्तरीय बनाउने मुख्य उदेश्य रहेको बताएका छन ।
मधेश प्रदेशमा ८ वटा जिल्लाहरु छन । सो ८ वटा जिल्ला मध्ये पर्सा जिल्लाको मेरो निर्वाचन क्षेत्र ३ हो । यस क्षेत्रको क्षेत्रफल २३२ वर्गमिटर छ । मतदाता ९० हजार ४ सय ३२ छन् । यहाँ ७ वटा स्थानीय तह छन् भने ३५ वटा वडा छन् । २ वटा नगरपालिका र ५ वटा गाउँपालिका छन् । यी ३५ वटा वडामा केके जरुरी छ, के चिज काम चाहिन्छ, भिजन बनाएर आर्थिक दृष्टिकोणले कसरी सफल बनाउन सकिन्छ, सामाजिक दृष्टिकोणबाट कसरी सफल बनाउन सकिन्छ, सबै कोणबाट कसरी सफल बनाउन सकिन्छ भन्नेबारे अहिले अध्ययन गरिरहेको छु । यस प्रस्चात यो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्र बनाउने सोच रहेको उनले दावी गरे ।
कृषिलाई प्रवर्धन गर्नुपर्ने आवश्यकता देखेका छन् । कसैले तरकारी खेती गर्दछ भने वडाले गाउँपालिकाले प्रदेशले केन्द्रले सहयोग गर्न सक्नुपर्छ । गाउँ गाउँको कृषि बालीलाई सहजीकरण तथा बजारीकरण गर्ने गर्न सक्नुपर्छ । साथै यस क्षेत्रमा कोल्ड स्टोर चिस्यान गृहको व्यवस्थापन गर्न सक्नुपर्नेछ । त्यसका लागि सबै सहको सहयोग लिने र काम गर्ने गर्नुपर्छ । चिस्यान केन्द्र भएमा कुनै पनि तरकारी फलफुल वा कृषि बालीहरू बिग्रिँदैन र आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । त्यसमा नागरिकले वा किसानले पैसा तिरेर होल्ड गर्छन् । यसका लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्छ ।
थोरै तपाई आफ्नोबारे बताइदिनुस् न
म पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर ३ मानिकपुको स्थायी बासिन्दा हुँ । समयक्रमसँगै म विभिन्न क्षेत्रमा काम गर्दै अगाडि बढ्दै अहिले यस क्षेत्रको विकासको योजना बनाउँदै छु । मेरो बुबा शिक्षक हुनुहुन्थ्यो । कसैलाई नदुःखाउने, सकेको सहयोग गर्ने, मेहनत गर्ने उहाँको पदचाप पच्छ्याउँदै म अगाडि बढेको हु उनले बताएका थिए ।
तपाईको क्षेत्रमा बिगतमा जो जितेर गए, उनीहरुको काममलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
प्रशस्त सम्भावना भएर पनि व्यवस्थापन तथा नेतृत्वको भिजनको अभावमा अहिले यस क्षेत्र छायाँमा परेको हो । उहाँहरू आफू अगाडि बढिरहनुभयो, जनताको आशा र विश्वास, आवश्यकता र बाध्यतालाई भने यतै छाड्नुभयो । त्यसैले यस क्षेत्रमा विकास हुन सकेन । नेताहरु निर्वाचनको बेला जनप्रिय बन्ने तर जिते पछि परिवार प्रिय बन्दै गरेको हुनाले अहिले पर्सा जिल्ला तथा निर्वाचन क्षेत्र नम्बर ३ मा जुन जोगी आए कानै चिरे जस्तै उखान पुष्टि भएको उनले दावी गरेका हुन ।
राजनीति ओरालो लागेको बेला, निरासा छाएको बेला किन राजनीतिमा आउनुभयो ?
यहाँको नेतृत्व कुनै पार्टी विशेष नभई समाज विशेष हुनसक्नुपर्छ । अहिले सबैतिर निराशा छाएको छ । नेताहरूले पनि आशा जगाउन सकेका छैनन् । मैले यही क्षेत्रमा बस्दै जनताको आशा, निराशा, दुःख सुखलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छु । यहाँका आमाबुवा, दाजुभाई, दिदिबहिनी सबैले अहिले तपाईं अगाडि बढ्नुपर्छ भनेर मलाई आशिर्वाद र शुभकामना दिइरहनुभएको छ । निराशालाई आशामा बदल्न र विकासको काम गर्न मैले राजनीतिमा आउने तयारी गरेको हुँ ।
कसको प्रेरणाले राजनीतिमा आउनु भयो ? जितेपछि तपाई के कस्ता कदम चाल्नुहुनेछ ? योजनाहरु केके छन् ?
मैले आफ्नो जिन्दगीमा पैसा कमाउन ठुलो कुरा हैन, मान्छेलाई पहिला सन्तुष्टि कमाउनु पर्यो । मान्छेको आशा र भरोसा यदि म प्रति छ भने मैले ती आशा र भरोसालाई पुरा गर्न सक्छु भने म एउटा समाजको अगुवा भएर बाटो देखाउने म अगाडि बढ्छु । यदि म मान्छेको इच्छा पुरा गर्न सक्दैन भने मैले ठाँउ ओगेटेर बसेर मात्रै हुँदैन ।
कुनै पनि क्षेत्रका जनतालाई त्यहाँको आवश्यकता भौगोलिक अवस्थिति जस्ता कुरा हेरेर आफ्नै किसिमको विकासको मोडल अवलम्बन गर्नुपर्छ । अन्य मुलुकको वा अन्य क्षेत्रको हेरेर यहाँ नमिल्न पनि सक्छ । हाम्रो क्षेत्रमा जनतालाई चाहिने चिज भनेको अहिले मुख्य गरी शिक्षा स्वास्थ्य बाटोघाटो रोजगारी हो । यी चिजलाई हामीले प्राथमिकता दिएर काम गर्न सक्नुपर्छ । यसका लागि जे सम्भावना छ त्यसलाई अगाडि लगाउनु पर्छ ।
युवा यद्यमी पाण्डेको राजनितिक परिवेशले पर्सा क्षेत्र नम्बर ३ तातिएको छ, भने यता उनको भिजनका कारण जनता परिर्वतनको पक्षमा लागिसकेका छन । क्षेत्रलाई आर्थीक र समाजिक दृष्टिकोणले समृद्ध बनाउने भिजनका साथ अगाडी बढिरहेका पाण्डेलाई आम नागरीकले निकै पन पराईरहेका छन, भने २०८४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ मा परिर्वतन हुने सम्भावना देखिएको छ ।
रुपेश पाण्डे अहिले स्वतन्त्र रुपमा काम गरिरहेका छन, भने कुन राजनितिक दलबाट निर्वाचनमा भाग लिनेछन निश्चित छैन तर पर्सा जिल्लामा यो अहिले चासोको बिषय बनेको देखिन्छ । युवा व्यवसायी पाण्डेको लोकप्रीयता देखेर राजनितिक दलमा आवद्ध गराउन पर्सा जिल्लाका निम्न स्तरका नेताहरु कसरत समेत गरिरहेको जानकारहरु बताउछन ।
प्रतिक्रिया