मकवानपुर । मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
मकवानपुरको बकैया गाउँपालिका ३ चिसापानी बजारस्थित धरान चतरा सडक खण्डमा बस अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बाप्र ०६–००१ ख ०२७० नम्बरको बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
भ्रमण सकेर फर्किदै गरेको अवस्थामा बुधबार साढे नौं बजे चिसापानीबजार स्थित धरान चतरा सडक खण्डको घुम्तीमा दुर्घटना भएको उनले बताए । उनका अनुसार दुर्घटनामा बसमा चालक सहित ३१ जना सवार रहेको यात्रु घाइते भएका छन् ।
प्रतिक्रिया