पर्सा जिल्लामा प्रहरीलाई प्रभावमा पारी सुरु भएको तस्करीका कारण अहिले वीरगंजको छपकैया नाका नमुना बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत पर्ने (ईप्रका) छपकैयाका ईन्र्चाज प्रहरी बरिष्ठ नयाब निरिक्षक केदार तिमल्सिना आर्थिक अपचलनमा परेपछि अहिले छपकैया नाका गन्हाउन थालेको हो ।
कारोवारी रंजीत समुहले बरिष्ठ सई तिमल्सिनालाई मोटो रकम नजरानाको रुपमा टकराएर अहिले छपकैया नाकालाई तस्करीको अखडा बनाएको सामाचार स्रोतकोे दावी छ ।
स्रोतका अनुसार छपकैया नाकामा रंजीत साह, रम्भु, अनिल, दिनेश मन्जु , बबन, ओकिल र अशोक अहिले प्रख्यात कारोवारीको रुपमा रहेका छन । उनीहरुले काजु, चिनि, कपडा, प्याज, बटर र ईलेकट्रीक पार्टसहरुको मोटरसाईकल, साईकल र भरियाहरुको माध्यमले माल समान ओसारपोसार गरि आफ्ना तस्करीको समराज्य फैलाएको सामाचार स्रोतको दावी छ । यति मात्र होईन्न ई नामुक तस्करहरुले माछा तथा बच्चाहरुको प्रयोगमा आउने खेलौनाको समेत सो नाकाबाट ब्यापक तस्करी गरिरहेका छन ।
यस्ता कृयाकलापले (ईप्रका) छपकैयाका ईन्चार्ज तिमल्सिना अहिले आर्थीक अपचलनमा माहिर देखिएका छन । नजराना बुझाउ कुनै कारोवार चलाउ भने प्रबिधिमा अहिले बरिष्ठ सई तिमल्सीना ब्यस्त रहेको नाम नछापने सर्तमा एक जना प्रहरीले जानकारी दिए । उनले भने बरिष्ठ सई तिमल्सिना माथिलो निकायको पहुचको भरमा कमाउने उदेश्यले ईन्र्चाज पाउन सफल भएको बताए । उनी माथिल्लो निकाय सम्म नजराना बुझाउदै गरेका छन, भने सोही कारण प्रहरीका प्रमुखहरु मौनता अपनाएको प्रहरी स्रोतको दावी छ ।
बरिष्ठ सई तिमल्सिनाले संगाठनीक पहुचको भरमा अहिले सिगौं प्रहरी संगठनलाई बदनाम गरी आर्थिक अपचलनमा ब्यस्त देखिएका छन, तर यस्ता गतिबिधिमा एक्सन लिनुको सट्टा प्रहरी प्रमुखहरुको मौनताले अहिले आशचर्य चकित बनाएको छ ।
यस्ता दर्जनौं तस्करहरुले अहिले छपकैया नाकालाई नै तस्करीको मुख्य माध्यम बनाएर आफ्नो अवैध कारोवारकोे संजाल फैलाएको बुुझ्न सकिन्छ ।
(ईप्रका) छपकैयाका ईन्चार्ज तिमल्सिनाले तस्करहरुबाट महिनवारीको रुपमा मोटो रकम नजराना बुझिरहेका छन, भने सो नाकामा डियुटीमा रहेका प्रहरीहरुलाई छट्टा छुट्टै जनरानाको रुपमा स्वागत तथा सम्मान राशि प्रदान गरि तस्करीको लाईन दिएको समाचार स्रोतको दावी छ ।
(ईप्रका) छपकैयाका ईन्चार्ज तिमल्सिना र कारोवारी बिचको सेटिङ्गमा अहिले तस्करीका कारण दिनहु लाखौं लाखको राजस्वा चुहावट भईरहेको देखिन्छ, भने अहिले बोर्डर साईडमा सानालाई ऐन र ठुलालाई चैन भन्ने जस्तै गतिबिधी रहेको जोकोहीले पनि देख्न सकिने छन ।
कहिलै राति त कहिलै दिन अमन चैन संगै तस्करीमा ब्यस्त छन (ईप्रका) छपकैयाका ईन्चार्ज तिमल्सिना
भारतबाट घरायसी कामका लागी थोरै समान बोकेर आउनुहुने सर्व सधारणहरुलाई लाग्छ ठुला अपराधी हुन जस्तै प्रहरीहरुले बिभिन्न किसिमको केरकार गर्ने गरेका छन, घरायसी समान नियन्त्रणमा समेत लिने गरेका हुन्छन । तर अवैध कारोवार गर्ने तस्करहरुको आर्थिक नजराना बुझेर सजिलै लाईन दिएर निकै आर्थिक अपचलन गरिरहेका छन ।
प्रहरीहरुको यस्ता प्रबिधिबाट आम जनता हाय हाय र तस्करी धाय धाय हुदैं गरेको पुष्टि हुन्छ ।
(ईप्रका) छपकैयाका ईन्चार्ज तिमल्सिना सिंगो प्रहरी संगठनको काखलाई पाख लगाउदै आर्थिक अपचलनमा लागेका छन, भने यता पर्सा जिल्लामा प्रहरी प्रमुखको अवस्था हेर्दा हात्ती आयो हात्ती आयो टाँय टाँय फुस जस्तै बुझ्न सकिन्छ । आउने बेला खुब चर्चा परिचर्चा हुने तस्करी तथा गैरकानूनी कारोबार थप पार्ने समेत ठुला ठुला भाषण गर्ने तर हाजिर भए पछि काम कम र स्वागत तथा सम्मानमा मात्र ब्यस्त हुने गरेका छन, भने फोन समेत उठदैन ।
देशको अर्थतन्त्र धरासाही छ, मन्त्री देखि सचिव सम्मकाले अवस्था सुधारमा ल्याउन ठुला ठुला भाषण गर्ने गरेका छन तर यस्तो समयमा पनि प्रहरीहरुको ब्यक्तीगत स्वार्थ पुर्तीमा ब्यस्त भएर आर्थिक अपचलनले नै देशको राजस्व चुहावट र अर्थतन्त्र धरासाही भईरहेको हेर्न सकिन्छ ।
प्रतिक्रिया