वीरगञ्ज : हौसिएर अपाटैमेन्ट ब्यबसायीमा लगानी गरेकाहरु अहिले पुर्पोरोमा हात राखेर निरास बन्दै जान थालेका आभाष हुन थालेको छ । केही बर्ष आधार लिएको यस ब्यबसाय प्राति नै अहिले आकर्षणमा कमी आएको कुरा बिभिन्न तथ्याँङ्कहरुले पुष्टी गर्दै आएको छ । ठूलो परिमाणको बित्तिय सहयोगमा निर्माण भएका ती अपार्टमेन्ट संचालकहरुले अहिले बैकबाट लिएको साँवा तथा ब्याजको नियमित किस्ता समेत तिर्न नसक्ने अवस्थामा रहेका समाचार प्राप्त हुन आएको छ ।
बीरगंजमा त्रिबेणी गोपाल अपार्टमेन्ट, शालिमार, ओम, गणेश, राधेकृपा, गोकुल अपार्टमेन्ट लगायतको नाममा अपार्टमेन्ट रहेको भएपनि तीनिहरुले ग्राहकको आवश्यकतालाई पुर्ताल गर्न नसकेको र बर्तमान कानूनले निर्धारण गरेको मापदण्डको खिल्ली उडाएको आरोप लाग्न थालेको छ । उता यसकै सेरोफोरोमा निर्माण भैरहेको सुख भिल्लाले समेत अपेक्षा कृत सफलता पाउने हो कि होइन त्यो समेत भबिष्यको गर्भमा नै रहेको छ । अपार्टमेन्ट भन्दा पनि भिल्लाको योजनाले ग्राहक तान्ने अपेक्षा गरेको यसको लगानी कर्ताहरुले परियोजना समयमै निर्माण सम्पन्न हुने कुरामा समेत आशंका देखा परेको छ । तथापी २५ प्रतिशत ३० प्रतिशत भिल्ला निर्माण सम्पन्न अगाबै बिक्री भैसमेको बताइन्छ । यसबारेमा यसका संचालक गंगा सागर शाहसँग सम्पर्क गर्न खोज्दा भेट हुन सकेन ।
निर्माण सम्पन्न भएका अपार्टमेन्ट हरु मध्ये अधिकाँसको त परियोजना नै पुरा हुन नपाउँदै विवाद शुरु हुन थालेको छ । बिशेष गरि अपार्टमेन्टसम्म जानको लागि प्रबेश गर्न बाटो पच्चिस फिटको हुनपर्ने मापदपण्ड भएपनि त्यसलाई समेत ख्याल नै नगरि परियोजना निर्माण र नक्शा पास गरेपछि पछि खरिद गर्नेहरु नै पछुताउनुपर्ने कुरा एकजना ग्राहक बतउँछन । अपार्टमेन्ट निर्माण भएको घरको चारैतिर छाड्नुपर्ने खाली जग्गाको क्षेत्रफल कम हुन, आगलागी भयो भने दमकल समेत छिर्न सक्ने अवस्था नहुनु, स्वास्थ्य चौकी, लगायत बिजुलीको बैकल्पिक ब्यबस्थाम समेत कमी हुनु जस्ता समस्याका कारण यो ब्यासयाय धरापमा परेको कुरालाई समेत नकार्न सकिन्न । माटो परिक्षण, जगको गहिराई, भुकम्प प्रतिरोधक क्षमता, आगलागि र दूर्घटना हुने सम्भाबित खतराको समेत ख्याल नगरि परियोजना शुरु गर्दा यस प्रतिको आकर्षमा कमि आएको कुरालाई नकार्न सकिन्न ।
बिभिन्न बित्तिय संस्थाका करोडौंको लगानी रहेको रहेको ती ब्याबसाय अहिले धरासायी बन्ने अवस्था सृजना हुन थालेपछि लगानी गर्ने संस्था समेत लगानी डुब्ने सम्भवनामा परेको समाचार समेत प्रकाशमा आएको । यस बारेमा लगानी कर्ताएहरुसँग सम्पर्क गर्दा केही पनि बोल्न इन्कार गर्नुले पनि समस्या सृजना भएको कुरालाई नकार्न सकिन्न । बीरगंजमा आधा दर्जनका संख्यामा रहेको अपार्टमेन्ट ब्यबसाय सबै बिक्री हुन नसक्नाको पछाडि आर्थिक मन्दीलाई प्रमुख रुपमा मान्न थालिएको छ । सभार च्वाईस खबर
प्रतिक्रिया