वैशाख ७, धरान : बालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरीको बराहक्षेत्र–७ स्थायी घर भएका ५९ वर्षीय पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई बालिका माथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो।
आफ्नै घरमा घरेलु कामदारका रुममा काम गर्दै आएकी भोजपुरको आमचोक गाउँपालिका–३ घर भएकी १२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरीले बताए।
उनका अनुसार पक्राउ परेका कोइरालाले ती बालिकालाई कोठामा सुतिरहेको बाल यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो। पीडित बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले बताए।
प्रतिक्रिया