विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पश्चिम नेपालमा मेघगर्जन र चट्याङसहित वर्षा, हवाई उडान प्रभावित

580


काठमाडौं :
 पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। वर्षाका कारण हवाई उडानसमेत प्रभावित भएको छ।

रुकुमपश्चिमको सदरमुकाम मुसिकोट, सल्यानको सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलखको कट्टी, बर्दियाको गुलरिया, रोल्पाको लिवाङ र आसपासका क्षेत्रमा पानी परिरहेको छ।

केही समयपछि यो प्रणाली पूर्वतिर (लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा दैलेखको कट्टीमा २०.६ मिलिमिटर वर्षा भएको छ। एक घण्टायता भने सबैभन्दा धेरै घोराही र सल्यान बजारमा ७.४ मिलिमिटर वर्षा मापन भएको छ।

पानी परिरहेका कतिपय जिल्लामा डम्म कुहिरो समेत लागेकाले भिजिबिलिटी कम छ। खराब मौसमका कारण आज बिहान पश्चिम नेपाल केही एयरपोर्ट हवाई उडान समेत प्रभावित भएको थियो।

आज बिहान काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज डाइभर्ट भएको थियो भने आजै बिहान ८ः४० बजे काठमाडौंबाट उडेको सो जहाजले आकाशमा धेरैबेर फन्को लगाए नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो।

यसैगरी काठमाडौंबाट उडेको श्री एयरलायन्सको हवाईजहाज पनि आकाशमा केहीबेर फन्को लगाएर मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो।

नेपालगञ्ज विमानस्थलका सूचना अधिकारी धिरेन्द्र रिजालले सुर्खेत जान लागेको एउटा जहाज नेपालगञ्ज विमानस्थलमा आएर करिब आधा घण्टा रोकिएको र पछि सुर्खेत नै प्रस्थान गरेको जानकारी दिए। उनका अनुसार प्रतिकूल मौसमका कारण केही उडानहरु डिले पनि भएका थिए।

साथै, आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मेघगर्जनरचट्याङ्ग, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,63,प्रमुख समाचार,249,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,319,विचार,30,विज्ञान प्रविधि,26,विश्व,51,समाचार,327,स्थानीय समाचार,191,स्वास्थ्य,32,हाइलाइट,48,
ltr
item
ekrantikhabar: पश्चिम नेपालमा मेघगर्जन र चट्याङसहित वर्षा, हवाई उडान प्रभावित
पश्चिम नेपालमा मेघगर्जन र चट्याङसहित वर्षा, हवाई उडान प्रभावित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiagE1P_zXsIPqJpryaxNdpRcHOCIPAtJHQd3pJX44xB34HV1wRavfBwG_gMRr5PFcFcDCIkdAeJ-GkuRrb2rzXgxP1LaoxL48n1Hm1X1Efpl-ku95aLHgdz7ndNBMj38qZMwk9dDJc_NfMuqw6fvm3K_aEaJQNzOhrpuFMXmo4rh_RURYhMkH-r20xW1QM/s1600/mausam.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiagE1P_zXsIPqJpryaxNdpRcHOCIPAtJHQd3pJX44xB34HV1wRavfBwG_gMRr5PFcFcDCIkdAeJ-GkuRrb2rzXgxP1LaoxL48n1Hm1X1Efpl-ku95aLHgdz7ndNBMj38qZMwk9dDJc_NfMuqw6fvm3K_aEaJQNzOhrpuFMXmo4rh_RURYhMkH-r20xW1QM/s72-c/mausam.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/04/blog-post_48.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/04/blog-post_48.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content