५ वैशाख, काठमाडौं । निजामती विधेयकको प्रतिवेदनमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले आफ्नो फरक राय प्रस्तुत गरेका छन् ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुलिन पिरियडको प्रस्तावमा अमिल्दो प्रावधान रहेको बताए । ‘कसैलाई कुलीन पिरियड लाग्ने कसैलाई नलाग्ने किन रु अवकाश सबैको अवकाश हो किन विभेद रु’ थानीले प्रश्न गरे ।
उनले थपे, ‘राजनीतिक कर्मचारी बीच हुने साँठगाँठ रोक्न कुलिङ पिरियड राखिएको हो । परराष्ट्र र न्याय सेवामा किन राखिएन रु एउटै मापदण्ड तयार गरौं ।’
अतिरिक्त सचिव ब्युँताउने कुरामा अतिरिक्त सचिव राख्ने र पछि तोकिए बमोजिम हुने भनिएको उल्लेख गर्दै उनले भने, ‘अतिरिक्त सचीवको कुरा राख्दा प्रष्ट गरेर जानुपर्छ । तोकिए बमोजिम हुने भन्दा मेरो फरकमत रहन्छ ।’
उनी थप्छन्, ‘अतिरिक्त सचिब नराख्दा पनि हुन्छ । राख्ने हो भने ऎनमा नै व्यवस्था गरौ कसैलाई अधिकार दिने र कसैलाई लुकाउने काम नगरौं ।’
सांसद थानीले बोल्न पनि कसरी बोल्ने गाह्रो रहेको बताए । अगाडि भने, ‘ट्रेड युनियनको कुरा कसरी राख्ने रु कर्मचारीको ९ बुँदे माग छ यसलाई पनि सम्बोधन गरियोस् ।’
उनको अर्को फरक मतको बुँदा छ, (अरुमा एक वर्ष, एनजीओमा दुई वर्ष काम गरेकोले सेवा प्रवेशमा सहुलियत पाउने राखिएको छ । कुरा उही हो सबैलाई एउटै गरौं ।’
पशु चिकित्सकको आठौं तह राख्नपर्ने उनले सुझाए ।
गर्भवतीको स्वास्थ्य अवस्था हेरेर अगाडी लिन पाउने बिदा दिन सकिने व्यवस्था राख्न आग्रह गरे ।
हजारौं शिक्षक सडकमा रहेको उल्लेख गर्दै उनले थपे, ‘भोलि कर्मचारी सडकमा जाने व्यवस्था नहोस् ।’
प्रतिक्रिया