पर्सा: नेकपा एमालेका संघीय सांसद प्रभु हजराले आज स्थलगत अनुगमन तथा निरिक्षण कार्य गरेका छन ।
सांसद हजराले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ बेलवा र ३२ चेर्नीमा समुदायीक भवनको लागी बिनियोजन गरिएको विकास परियोजनाको आज स्थलगत अनुगमन तथा निरिक्षण गरेका हुन ।
नेपाल सरकारको सहरी बिकास मन्त्रालयको आर्थाीक बर्ष २०८०/०८१ को बार्षीक बजेट अन्तर्गत एक करोडको बेलवा र एक करोडको चोर्नीमा समुदायीक भवन निर्माण गर्ने बजेट बिनियोजन गरिएको हो ।
सांसद हजराको सक्रियता तथा पहलले गर्दा समावेश गरिएको समुदायीक भवनको यो योजना अहिले सो वडाको लागी महत्वपुर्ण बिकास परियोजनाको रुपमा देखिएको हुनाले स्थानीय बासिन्दा हर्सित भएका छन । वडामा अनुगमन गर्न कतिपय नेताहरु आए तर पटक पटक पहल गर्दा पनि सुनेर मात्र बिस्रिने कार्य गरिएको स्थानीय बासिन्दाहरुले दुखेसो पोखेका थिए । स्थानीय बासिन्दाले सांसद हजराको यो पहललाई स्वागत गर्दै समयमा गुणस्तरीय निर्माण कार्य सम्पन्न हुने अपेक्षा समेत व्यक्त गरेका छन ।
सो अवसरमा स्थानीय बासिन्दाहरुले सांसद हजरालाई खादा लगाई खुशी ब्यक्त गर्दै भब्य स्वागत समेत गरेका थिए ।
स्थानीय बासिन्दाहरुको पिडा बुझेर अगाडी बढनु र योजना समावेश गराउनु सराहनिय रहेको भन्दै वडा अध्यक्ष जितेन्द्र यादवले धन्यवाद ज्ञापन गरेका थिए ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज समेत रहेका सांसदले बैशाख भित्रमा शिलान्यास गरेर निर्माण कार्य सुरु हने जानकारी दिए । उनले जनताको कुरा सुन्ने र पहल गर्नु साथै समस्या समाधान गर्ने पहिलो प्राथमीकता रहेको बताए । उनले क्षेत्रमा मात्र नभई जिल्ला भरी यस्ता बिकासको योजना ल्याएर समृद्ध बनाउने आफु लागी परेको बताएका छन । सांसद हजराले यस्ता बिकास निर्माणको योजना बजेटमा समावेश गराएर गाउँ गाउँ सम्म बिकासको लहर आफु देखाउने प्रतिबद्धता समेत जनाएका थिए ।
सो अवसरमा नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य बालेश्वर थारु, बासदेव यादव, पर्सा जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर १ का क्षेत्रिय संयोजक मानदेव हजरा, सचिवालय सदस्य बाबुराम खनाल लगायत स्थानीय नेता कार्यकर्ता तथा बुद्धीजिवीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया