धरान । प्रतिबन्धित लागुऔषध गाजासहित तीनजनालाई धरान प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको टेम्पोसहित उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिए।
भेडेटारबाट धरान झर्दै गरेको टेम्पुलाई आपगाछीमा शंका लागि चेकजाँच गर्दा दुईवटा कालो ब्यागमा सेतो प्लास्टिकले प्याक गरेको १८ पोकामा १९ केजी लागुऔषध गाँजा बरामद गरिएको प्रहरी निरीक्षक कुँवरले बताए ।
गाजा कारोबारमा संलग्न धरान उप–महानगरपालिका–४ बस्ने ४८ वर्षीय जोकबहादुर राई, ३० वर्षीय सुमन राई,धनकुटा साँगुरीगढी गाउँपालिका –३ बस्ने ३६ वर्षीय सुरज लिम्बूलाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया