काठमाडौं, २८ चैत्र । नेपालले ओपनर जोडीको अर्धशतकमा लगातार दोस्रो जित हात पारेको छ। हङकङमा जारी टी–२० सिरिजमा नेपालले बिहीबार बिहान कुवेतलाई ६ विकेटले हराएको हो। नेपालको जितमा फेरि पनि कुशल भुर्तेलनै नायक बने।
उनको विस्फोटक ब्याटिङमा कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बलअघि नै मात्र ४ विकेटको क्षतिमा पूरा गरेको हो।नेपालको जितमा कुशल भुर्तेलले ५० बलमा ६ रनको विस्फोटक इनिङ्स खेले। उनले ६ चौका र ६ छक्काको मद्दतमा उच्च स्कोर बनाउँदा अर्का ओपनर आसिफ शेखले पनि अर्धसतक पूरा गरे। आसिफले ३ बलमा ५३३ रन जोडे।
उनले २ चौका र ४४ छक्का प्रहार गरे। कुशल मल्ल ४ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले मात्रै १२ बलमा ३१ रनको योगदान गरे। कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे।कुवेतका यसिन पटेलले २ विकेट लिँदा मोहमद शाफिक र मोहमद अस्लामले एकरएक विकेट लिए। त्यसअघि कुवेतले क्लिन्टो एन्टोको सर्वाधिक ४१ रनको मद्दतमा ८ विकेटको क्षतिमा १८५ रनको योगफल तयार गरेको थियो।ओपनर रविजा सन्द्रुवानले २६ तथा मिट भावसारले ३५ र बिलाल ताहिरले ३२ रन बनाएका थिए। कप्तान मोहमद अस्लामले १७ रन जोडे।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ विकेट हात पारे। ललित राजवंशी र कुशल भुर्तेलले एकरएक विकेट लिए।यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको थियो।
प्रतिक्रिया